अर्ध नग्न अवस्थामा देखिए प्रचण्ड र थापा (तस्बिर)
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालसहित म्याग्दीको तातोपानी कुण्डमा पुगेर तातोपानीमा नुहाएका छन् ।
सीता दाहालको उपचारको क्रममा चिकित्सकको सल्लाहअनुसार प्रचण्ड तातोपानीमा नुहाउन म्याग्दी गएका हुन् ।
बेनी नगरपालिकाको वडा नं. ४ मा रहेको तातोपानी कुण्डलाई प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध छ ।
तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, वाथ लगायतका रोगको बिरामीलाई फाइदा पुग्ने विश्वास छ ।
नेकपाका दोस्रो अध्यक्ष दाहालसँग पत्नी सीता दाहाल, छोरी गंगा दाहाल स्वकीय सचिव जोखबहादुर महराले पनि तातोपानी कुण्डमा नुहाएको दाहालको निजी सचिवालयद्वारा प्रेस नोटमा उल्लेख छ ।
दोस्रो अध्यक्ष दाहालसँगै गृहमन्त्री रामबहादुर थापा र उनकी पत्नी नैनकला थापाले पनि तातोपानीमा नुहाएका थिए ।
यसमा तपाइको मत