कांग्रेससँग हारेका वामदेव जति उफ्रे पनि ओलीको अगाडि लुथ्रुक्क

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओलीले वामदेव गौतमलाई हदैसम्म दमनमा राखेको चर्चा हुन थालेको छ ।

आफ्नै घर भएको जिल्ला बर्दियामा नेपाली कांग्रेसका नेता सञ्जय गौतमसँग प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि ओरालो लागेका वामदेवलाई ओली पनि कुनै ठाउँमा साथ दिएका छैनन् ।

वामदेव निकटका नेताहरू भन्छन्, ‘दुई ठूला कम्युनिस्ट पार्टी मिलाएर झण्डै दुई तिहाई बहुमत ल्याउन भूमिका खेलेका वामदेवलाई यति धेरै अन्याय गर्नु हुँदैन । वामदेवलाई अन्याय केपी ओली समूहबाटै भएको छ ।’

वामदेवको पक्षमा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल र केन्द्रीय सदस्य सूर्य थापा छैनन् । वामदेवलाई ओलीभन्दा पनि ठूलो अवरोध पोखरेल र थापा लाग्न थालेको छ ।

वामदेवले राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन गरेको प्रस्तावलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरेपछि त झन् अवस्था तनावपूर्ण बनेको छ । ओलीसँग रिसाएका वामदेवले गैरनाफामूलक निजी कम्पनी खोलेरै भएपनि विकास अभियानको नेतृत्व गर्ने र सबैलाई चकित बनाउने दाबी गरेका छन् ।

वामदेवका लागि संसदको बाटो लगभग बन्द भएको छ । वामदेवले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठनको नयाँ पहल सुरु गरेका थिए । वामदेवकै नेतृत्वमा लेखिएको चुनावी घोषणापत्रमा पनि त्यस्तो संयन्त्र गठन गर्ने उल्लेख छ ।

वामदेवले बुधबार विज्ञप्ति जारी गरेर प्राधिकरणका विषयमा कुनै पनि कुराकानी नभएको दाबी गरेका छन् । उनले आफूविरुद्ध आएका समाचार सबै झठ्ठा रहेको बताएका छन् ।

Published : Wednesday, 2018 November 14, 12:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया