पूर्वराजाको यो होटेल बिक्रीमा, कुरा मिलेन मूल्यमा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले होटेल सोल्टीमा रहेको आफ्नो भागको सेयर बेच्ने तयारी गरेका छन् ।

होटेलको सेयर बेच्ने तयारी गरे पनि मूल्य कुरा मिलेको छैन । भारतको एउटा नाम चलेको घरानाले होटेल सोल्टी किन्न खोजेको छ ।

सोल्टीबाट मुनाफा भए पनि झन्झट भएको भन्दै पूर्वराजा शाहले होटल व्यवसायबाट हात निकाल्न थालेको स्रोत बताउँछ ।

सोल्टी होटेल राम्रो चल्ने होटलको सूचीमा पर्छ । पूर्वराजा शाहले व्यापार व्यवसाय आफूले हेर्न भ्याउँदैनन् । पूर्वराजा शाह बेलाबेला हिसाव किताव आफैले हेरे पनि बोल्ने गरेका छैनन् ।

सोल्टी होटलबाट पूर्वराजालाई फाइदा भन्दापनि बेफाइदा भएको स्रोतको दावी छ । सोल्टी होटलमा रहेको सेयर बिक्री गरेर पूर्वराजा शाह समस्या रहित भएर बस्न चाहेको जनाइएको छ ।

पूर्वराजा आफूलाई जनता जस्तै बनाएर अगाडि बढ्ने पक्षमा छन् । पूर्वराजालाई फेरि पनि राजा बन्ने इच्छा पलाएको हुन सक्छ । तर, दंगा बनाउने गरेर कुनै पनि गतिविधि नगर्न सामाजिक सञ्जालमा आउने गरेको छ ।

सोल्टी होटलको सेयर बेच्न लागको थाहा पाएपछि पूर्वराजाको निजी सचिवालयले गलत सूचना दिने गरेको छ । सोल्टीको सेयर खरिद गर्ने व्यक्ति पनि फेला पर्न सकेको छैन । सेयर खरिद गर्ने व्यक्तिलाई पूर्वराजा शाहको परिवारले धमाधम खोजिरहेको छ ।

Published : Thursday, 2018 November 15, 11:41 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया