यी हुन् केपी ओलीकी साली, कम्युनिस्ट सरकारमा गरिन ठूलै कमाल
काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नी साली अञ्जान शाक्यलाई राजदूत बनाउने निर्णय गरेका छन् ।
तत्कालीन एमाले र अहिलेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग कुनै पनि साइनो नभएकी अञ्जान शाक्यलाई ओली सरकारले इजराइलको राजदूत बनाउने निर्णय गरेको हो । पुष्पकमल दाहाल प्रचण्डको सरकारले इजराइलमा राप्रपाका नेता निरञ्जन थापालाई राजदूत बनाएको थियो ।
ओली नेतृत्वका कम्युनिस्ट सरकारले थापालाई तीन महिनाभित्र फिर्ता हुन समय दिएको छ । थापाको ठाउँमा अञ्जान शाक्य राजदूतमा सिफारिस गरिएको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रालयमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिए । संसदीय सुनुवाईपछि अञ्जान शाक्य इजराइल राजदूत भएर जानेछिन् ।
अघिल्लो पटक ओली प्रधानमन्त्री भएका बेला अञ्जान शाक्य अधिकांश सार्वजनिक कार्यक्रममा ओलीसँगै भीआइपीको लहरमा माला लगाएर मञ्चमा बस्थिन् ।
‘यो मन्दिर यो मस्जिद’ भन्ने बोलको गीत गाएकी गायिका शाक्यले ओलीमार्फत उच्च तहबाट लाभ लिइसकेकी छिन् । आफ्नै भिनाजु प्रधानमन्त्री भएपछि उनको दाउ राजदूतमा हुनु स्वभाविक हो ।
नेकपाका नेताहरूका अनुसार प्रधानमन्त्री ओलीकै जोडबलमा उनी राजदूत बनेकी हुन् । नाताले अञ्जान शाक्य ओलीकी साली हुन् । निकटस्थहरूका अनुसार ओलीले उनलाई साली भनेर सम्बोधन गर्छन् । प्रधानमन्त्री पत्नी राधिका शाक्यको आफ्नै बहिनी भने होइनन् । अञ्जान शाक्य संखुवासभाकी हुन् ।
ओली परराष्ट्रमन्त्री भएकैबेला परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक बनेकी अञ्जान शाक्यले अहिले भने राजदूत बनेर सबै कम्युनिस्ट नेता र कार्यकर्ताहरूलाई चकित बनाएकी छिन् । ओली अघिल्लो पटक प्रधानमन्त्री भएके बेला जापानका लागि नेपाली राजदूत हुन खोजेकी थिइन् । तर, तत्कालीन एमालेका नेताहरूले विरोध गरेपछि अञ्जान शाक्य जापानको राजदूत बन्नबाट बचेकी थिइन् ।
तत्कालीन एमाले नेता महेन्द्रबहादुर पाण्डे परराष्ट्रमन्त्री भएका बेला पनि अञ्जान शाक्ल मन्त्री पाण्डेसँगै सार्वजनिक कार्यक्रममा सँगै देखिने गर्थिन् । त्यतिबेला उनी न कुनै सरकारी अधिकारी थिइन् न त उद्यमी । तर, उद्यमीको नाममा अञ्जान शाक्य त्यति बेला मञ्चको अग्रपंत्तिमा बसेपछि सबैले जिब्रो टोकेका थिए ।
ओलीकै दबाबमा त्यसबेला पनि अञ्जान शाक्यलाई राजदूत बनाउन महेन्द्रबहादुर पाण्डे निक्कै कस्सिएका थिए । पाण्डेले सोँचे जस्तो भएन । कांग्रेससँग राजदूत नियुक्तिमा भागबण्डा निमिलेर लफडा भएपछि पाण्डेको आशा गरेर बसेकी अञ्जान शाक्यको सपना हुरीले उडाइदिएको थियो ।
रोचक कुरा त के छ भने, ओलीले अञ्जान शाक्यको मात्र उद्धार गरेका छैनन् । अञ्जान शाक्यका श्रीमान् अजयक्रान्ति शाक्यलाई ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला आफ्नो विज्ञ सल्लाहाकारमा नियुक्त गरेका थिए । अञ्जान शाक्यका श्रीमान् अजयक्रान्ति शाक्य ओलीका विज्ञान तथा प्रविधि सल्लाहकारका रुपमा नियुक्ति भएका थिए ।
आफू पदमा आएपछि नातागोतालाई पनि राम्रो ठाउँमा पु¥याउने प्रवृत्ति पुरानो भइसकेको छ । दाई, भाई, साला, साली, भिनाजु, जेठान लगायतकालाई सल्लाहाकार, पीए र आफू निकट मन्त्रालयमा कुनै न कुनै जागिर दिने पुरानै प्रचलनअनुसार ओलीले गरेको यो काम कुनै नौलो भने होइन ।
यसरी ओलीले बिना कुनै हैसियतकी सालीलाई आफूसँगै लिएर सार्वजनिक कार्यक्रमको मञ्चमा जानुका साथै राजदूतमा नियुक्ति गर्ने निर्णयले धेरै कम्युनिस्ट नेता तथा कार्यकर्ताहरूको चित्त दुखाएको छ ।
तत्कालीन एमाले पार्टीमा कुनै योगदान नभएकी अञ्जानलाई यसअघि केपी ओली परराष्ट्रमन्त्री हुँदा २०६४ मा मापदण्डविपरीत परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशकमा नियुक्त गरिएको भन्दै आलोचना भएको थियो ।
हाम्रो नेपाल को यस्तै हो जो आफ्नो मान्छे लाई मात्र सबै कुरा मिलाउने राजनिती छ
यो नेपाल भन्नी हो भने हामि नेपाली जन्ता नहुने हो भने यी नेता हरु को घाती पनि सुक्छ त्र हामी भयर मात्र यी नेता भाच्न सकेका छ्न