सत्तारुढ दलका सांसद पासवानलाई आफ्नै गाउँमा ‘रामधुलाई’

मलंगवा । सर्लाही जिल्लामा स्थानीयले राष्ट्रियसभाका सांसद रामप्रित पासवानलाई कुटपिट गरेका छन् । सांसद पासवान सत्तारुढ संघीय समाजवादी फोरम नेपालबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्छन् ।

कविलासी नगरपालिका वडा नम्बर ६ मदनपुरमा शुक्रबार भएको छलफल कार्यक्रममा स्थानीयले सांसद पासवानलाई कुटपिट गरेको हो ।

सांसद पासवानलाई वीरेन्द्र राय, सुरेश राय, फेकन राय, रामप्रसाद राय, दयाराम राय, मनोज राय, दिनेश राय लगायतको समूहले एक्कासि आक्रमण गरेका थिए । स्थानीयको कुटपिटबाट पासवानको शरीरका विभिन्न ठाउँमा चोट लागेको छ ।

सांसद पासवानमाथिको आक्रमणको नेपाल दलित सेवा समाजले विरोध जनाउँदै दोषीलाई कारबाहीको माग गरेको छ ।

संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्यसमिति सर्लाहीले पनि विज्ञप्ति निकालेर घटनाको विरोध गर्दै दोषीलाई कारवाहीको माग गरेको छ ।

Published : Friday, 2018 November 16, 10:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया