यी हुन् ठूला नेताहरूलाई पाठ सिकाउने सभापति, राखे चारतारे झण्डाको मान

वीरगञ्ज । निर्वाचनमा पार्टीका उम्मेदवारहरूले पराजय भोग्नु परेपछि नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले सभापति पदबाट आफूलाई स्वनिलम्बन गरेका छन् ।

पर्सा जिल्लामा कांग्रेसले निर्वाचनमा अप्रत्यासित हार ब्यहोरेपछि दुःखी भएका सभापति द्विवेदीले आत्मालोचना गर्दै जिल्ला सभापति पदबाट आफूलाई एक साताका लागि निलम्बित गरेका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित कार्यक्रममा जिल्ला सभापति द्विवेदीले स्वयंलाई निलम्बित गरेको पर्सा कांग्रेसले जनाएको छ ।

स्वतन्त्रता सेनानी स्वर्गीय हरिहर गुप्ताको श्रद्धाञ्जलि कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको गुटउपगुटको कारण कांग्रेसको अवस्था धेरै दयनीय भएको बताएका थिए ।

द्विवेदीले आउने आइतबारदेखि पार्टी उपसभापति शान्ति कार्कीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै छन् । आफू त्यस दिनदेखि एकसाता निलम्बित भएको उनले घोषणा गरेका छन् ।

कांग्रेसका अर्का नेता सुरेन्द्र चौधरीले जिल्ला सभापति अजय द्विवेदीको यो घोषणा केन्द्रीय नेता रामचन्द्र पौडेलसामुको नौटंकी मात्र भएको टिप्पणी गरेका छन् ।

द्विवेदीको स्वनिलम्बनलाई केन्द्रीय सदस्य अजय चौरसियाले पनि आश्चर्य व्यक्त गरेका छन् । उनले राजनीतिमा अनौठो प्रयोग भएको बताउँदै यसबारेमा आफूमात्र नभई सबै कांग्रेसीजन आश्चर्यचकित भएको बताएका छन् ।

Published : Friday, 2018 November 16, 11:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया