राष्ट्रपति भण्डारीको भवन ह्वाइट हाउसभन्दा कम हुनुहुँदैन : भट्टराई

काठमाडौं । राजनीतिक विश्लेषक एवम् प्रध्यापक केशवप्रसाद भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीको निवास अमेरिकी राष्ट्रपति बस्ने ह्वाइट हाउसभन्दा कम हुनुहुन्न भन्ने व्याङ्ग्य गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर भट्टराईले यत्रो महान गणतन्त्रका राष्ट्रपतिको निवास नारायणहिटी भन्दा विशाल र भव्य हुनु परेन त ? भनेर व्याङ्ग्य गरेका छन् ।

शीतल निवाससँगै जाडिएको नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठानलाई हटाएर त्यो जग्गा राष्ट्रपति कार्यालयलाई दिने सरकारी निर्णय आएको विरोधमा आलोचना भैरहेका बेला भट्टराईले पनि व्याङ्गात्मक शैलीमा असन्तुष्ष्टि जनाएका छन् ।

‘सदर प्रहरी तालिम केन्द्र मात्रै होइन, सडक पारीपट्टिको (पूर्वपट्टिको) भैरवनाथ गण रहेको स्व. श्री ३ मोहन शमशेरको निवासको रूपमा रहेको दरवार क्षेत्रमा पनि राष्ट्रपति निवास र कार्यालय विस्तार गरिनु पर्दछ’, उनले भनेका छन् ।

‘टिचिङ र कान्ति बाल अस्पतालमा बिरामी ल्याउने एम्बुलेन्सको आवाज, दिनहुँ हजारौंको संख्यामा हुने बिरामीहरू र परिवारका सदस्यहरूको ओहोर दोहोरले पनि राष्ट्रपति निवास र कार्यालयको शान्ति र अमन चयनमा बाधा पुर्‍याउने भएकोले उक्त अस्पतालहरू पनि अन्यत्रै सारिनु पर्दछ’, भट्टराईले कम्युनिस्ट सरकारलाई सुझाव दिएका छन् ।

उनले व्याङग्य गर्दै भनेका छन्, ‘सुरक्षाको दृष्टिकोणले अगाडिको सडकमा पनि सार्वजनिक यातायातको संचालनलाई बन्द गरेर लैनचौरबाट सामाखुशी हुँदै रिङ्ग रोड छुने बाटो प्रयोग हुनु उपयुक्त देखिन्छ ।’

उनले भनेका छन्, ‘नेपालको राष्ट्रपति भवन संसारकै सबैभन्दा बढी क्षेत्रफलमा विस्तारित र सबैभन्दा भव्य हुनुपर्दछ ।’

Published : Sunday, 2018 November 18, 9:37 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया