सामूहिक बलात्कारपछि पीडितसँग ब्ल्याकमेलिङ

वीरगञ्ज । पर्सा जिल्लामा आफ्नै टोलका चार जनाले एकजना दलित महिलालाई सामूहिक बलात्कार गरेर पैसामा ब्ल्याकमेलिङ गरेको घटना बाहिर आएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. १८ भवानीपुर सौराहा टोलकी महिलालाई दुई दिनसम्म डरले उजुर गर्न गइनन् । उनका श्रीमान् ३ वर्षदेखि वैदेशिक रोजगारमा छन् ।

ती बलात्कृत महिलासँग दुई दिनपछि एक युवकले मोबाइलमा खिचेको भिडियो देखाउँदै पैसा मागेपछि घटना बाहिर आएको हो ।

ती युवकले पैसा नदिए अरूलाई पनि देखाइदिने भन्दै धम्काएका थिए  । त्यसपछि पीडित महिलाले गाउँकै एक सामाजिक कार्यकर्तासँग सल्लाह गरी कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय पर्सामा ती चार जनाविरुद्ध किटानी जाहेरी दिएकी छिन् । मुद्दा परेपछि आरोपित चारैजना फरार भएका छन् ।

घरबाहिर राति शौच गर्न गएका बेला सौराहा टोलका मनोज साह तेली, आकाश साह, कृष्ण साह र गोपी सहनीले ती महिलालाई बलात्कार गरेको आरोप छ ।

मनोजको धान मिल छ । त्यस दिन उनीहरू झण्डा मेलाबाट फर्किंदा मदिरा पिएर आएका थिए ।

गाउँका केही ठूलाठालुले पीडित महिलालाई पाँच लाख रुपियाँ र ५ कट्ठा जमिन लिएर मिलापत्र गर्न दवाव दिँदै आएका छन् ।

घटनाको मुचुल्कामा वडाध्यक्ष ब्रह्मदेव कुर्मीले समेत हस्ताक्षर गरेका छन् । वडाध्यक्ष कुर्मीले भनेका छन्, ‘मुचुल्कामा बलात्कार भएको उल्लेख छ ।’

Published : Sunday, 2018 November 18, 10:59 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया