चीनले अकस्मात फिर्ता बोलायो राजदूत, भारतलाई तनाव

काठमाडौं । नेपालको आन्तरिक राजनीतिमा दख्ल दिन थालेको चीनले अझै मसिनो गरेर काठमाडौंलाई केन्द्रमा राखेको छ । नेपालमा बसेर भारतविरुद्ध रणनीति बनाउने गरेर चीनले योजना बनाएको यसअघि नै खुलासा भैसकेको छ ।

चीनले नेपालका लागि बहालवाला राजदूत यू होङको कार्यकाल सकिनु अगाडि नै फिर्ता बोलाएको छ । यू होङले नेपाल र भारतबीचको सम्बन्धमा सोँचे अनुसार खेल्न नसकेको आरोपसहित फिर्ता बोलाएको उच्च स्रोतले जनाएको छ । यद्यपि यू होङको कामबाट चीन सन्तुष्ट छ । त्यस वाफत चीनले यू होङलाई सहसचिवमा बढुवा गरेको छ ।

नेपालको राजनीतिलाई भित्रबाट हस्तक्षेप गर्दै आएको चीनले भारतलाई नेपाली राजनीतिमा प्रवेश गर्न नदिने गरेर चलखेल गरेको आरोप छ । यू होङले नेपाल–भारतबीच दूरी बढाउन ठूलो भूमिका खेलेकी थिइन् । उनले नेपालबाट हप्तामा दुई सयजनालाई चीनमा लगेर घुमाउने वातावरण समेत मिलाएकी हुन् ।

यू होङको स्थानमा चीनले होउ यानक्वीलाई नेपालका लागि राजदूत नियुक्त गरेको छ । यानक्वी नेपालका लागि २१ औं राजदूत हुन् ।

चीनले आफ्नो राजदूत नेपालबाट अकस्मात फिर्ता बोलाएपछि भारतलाई चिन्ता बढेको छ । भारतले नेपालमा के गर्न लाग्यो भनेर सोँच्न थालेको स्रोतले जनाएको छ ।

यानक्वी चिनियाँ परराष्ट्र मन्त्रालयमा उपमहानिर्देशकको पदमा कार्यरत छिन् । चीनले यानक्वीका लागि नेपालसँग एग्रिमो मागेको छ । स्रोतका अनुसार नेपालले यानक्वीलाई अझै एग्रिमो पठाएको छैन ।

फिर्ता हुन लागेकी चिनियाँ राजदूत यू होङ सन् २०१६ नोभेम्बरमा नियुक्त भएकी थिइन् ।

यू होङको कार्यकालमा नेपालले बेल्ट एण्ड रोड इनिसियटिभ सम्झौतामा हस्ताक्षर गरेको थियो । चीनले नेपालबाट केही महत्वपूर्ण निर्णयहरू गराउन पाइपलाइनमा सम्झौताहरू राखेको छ ।

Published : Monday, 2018 November 19, 1:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया