‘जिससकी एकली छोरी’ घोषणा कार्यक्रमको संयोजक माधव नेपाल

काठमाडौं । क्रिश्चियन धर्म प्रचार संस्था युनिभर्सल पिस फेडेरेसन (युपिएफ)ले आयोजना गरेको कार्यक्रमको मूल आयोजक समितिको संयोजक पूर्वएमालेका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रहेको भन्दै पार्टीभित्र आलोचना भएको छ ।

‘जिससकी एकली छोरी’ हक जा हन मुनको क्रिश्चियन धार्मिक प्रचारक कार्यक्रमको संयोजक सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नेपाल किन भएको ? भन्दै आलोचना भएको हो ।

नेता नेपालले क्रिश्चियन धर्म प्रचारका लागि गरिएको कार्यक्रममा नेकपाका नेता नेपालले सबै संयोजन गरिदिएका हुन् । नेता नेपालकै आग्रहमा प्रधानमन्त्री केपी ओलीले क्रिश्चियन धर्म प्रचारको कार्यक्रममा नेपाल सरकारले सहयोग गरेको आरोप छ ।

‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा नेकपाका नेता भीमबहादुर रावलले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित जनप्रतिनिधिहरूलाई प्रलोभन दिएर कार्यक्रममा बोलाएको आरोप लगाए ।

युपिएफका अन्तर्राष्ट्रिय अध्यक्ष थोमस जि वाल्सले आफ्नो संस्थाको स्थापना, उद्देश्यका बारेमा अवगत गराउँदै विश्वमा शान्ति र विकासका लागि कार्य गर्दै आएको बताएका छन् ।

पूर्वएमाले पृष्ठभूमि भएका नगरपालिकाका प्रमुखको दम्पत्तिलाई प्लेन टिकट, खाने, बस्ने र ज्याकेट दिने प्रलोभनमा पारेर बोलाइएको नेकपाका नेता रावलले बताए । नेता रावलले कर्णाली प्रदेशका नगरप्रमुखलाई नआउन आफूले निर्देशन दिएको बताए ।

क्रिश्चियन धर्म प्रचारक एकनाथ ढकालले विभिन्न प्रलोभनमा पारेर कार्यक्रम गरेको भन्दै रावलले युपिएफले विश्वलाई गलत सन्देश दिएको बताए । रावलले युपिएफ र युनिफिकेसन चर्चका लागि भएको कार्यक्रमको आर्थिक विषयमा छानविन गर्न माग गरे ।

Published : Monday, 2018 December 3, 11:22 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया