कांग्रेसको महासमिति बैठक फेरि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक पुनः स्थगित भएको छ ।

बुधबार केही समय बैठक बसेर बन्दसत्र स्थगित भएको हो । कांग्रेसको संशोधन गर्न भनिएको विधान मस्यौदा नपाएपछि महासमिति सदस्यहरुले होहल्ला गरेका थिए ।

महासमिति सदस्यहरुबीच मंगलबार धक्कामुक्का भएपछि बन्दसत्र स्थगित भएको थियो ।

शीर्ष नेताहरुबीच सहमति भएको भनिएको विधान संशोधनका विषयमा केन्द्रीय कार्यसमितिमा छलफल आवश्यक रहेको भन्दै बन्दसत्र स्थगित गरिएको एक नेताले बताए ।

कांग्रेसको महासमिति बैठक शनिबारदेखि शुरु भएको छ । बैठकमा महासमिति सदस्य र पर्यवेक्षक गरी करीव १ हजार ७ सय सहभागी छन् ।

Published : Wednesday, 2018 December 19, 3:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया