कांग्रेसको केन्द्रीय कार्यसमिति निष्कर्ष विनै सक्कियो, कहाँ बिग्रियो कुरा ?

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूको माग र दवावका कारण केन्द्रीय कार्यसमितिको बैठक विना निष्कर्ष सक्किएको छ ।

संशोधित विधान मस्यौदाको विषयमा छलफल गर्न बुधबार बसेको बैठकमा केन्द्रीय सदस्यहरूले समावेशिताको माग राखेका थिए । त्यसपछि कुनै सहमति हुन नसकेको नेताहरूले बताएका छन ।

बैठकमा केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, फर्मुल्लाह मन्सुर, महेन्द्र यादव, वीरबहादुर बलायरलगायतले कांग्रेसको पदाधिकारीलाई समावेशी बनाउन माग गरे । उनीहरूले पदाधिकारीमा समावेशिता हुनुपर्ने अन्यथा तीनजना नेताले गरेको सहमति नमान्ने चेतावनी दिएका थिए ।

केन्द्रीय कार्यसमितिको बैठकस्थलमा पनि केही समय होहल्ला भएको थियो । त्यसपछि बैठक विना निष्कर्ष टुङगिएको थियो ।

केन्द्रीय सदस्य महेन्द्र यादवले कांग्रेस मधेसमा खुम्चिएको भन्दै थारुमा पनि कांग्रेसप्रति आकर्षण नरहेको बताए । उनले जनजातिमा पार्टीको प्रभाव घट्दो बताउँदै यस्तो अवस्थाबाट पार पाउन र ती क्षेत्रको मत आकर्षित गर्नका लागि पनि पदाधिकारीमा समावेशी हुनुपर्ने बताए ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच पदाधिकारी संख्या ८ जना बनाउने सहमति भएको थियो । कोषाध्यक्ष बाहेक सबै पदाधिकारीको महाधिवेशनबाट निर्वाचन गर्ने सहमति गरेका थियो ।

केन्द्रीय कार्यसमितिलाई बढाएर १ सय ६१ सदस्यीय बनाउने सहमति भएको थियो ।

पदाधिकारीमा समावेशिताको माग गर्ने नेताहरूले महामन्त्री, उपमहामन्त्री र सहमहामन्त्री पदमा समावेशी कोटाबाट एक–एकजना सभापतिले मनोनीत गर्ने व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

विधान मस्यौदामा कुरा नमिलेपछि बुधबार साँझ पुनः केन्द्रीय कार्यसमितिको बैठक बसेर सहमतिको प्रयास गरिनेछ ।

Published : Wednesday, 2018 December 19, 6:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया