ओली–प्रचण्डाको पार्टीमा खैलाबैला, कार्यक्रम नै बहिष्कार

हुम्ला । हुम्ला जिल्लामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम्खा गाउँपालिकाका कार्यकर्ताले संयुक्त रुपमा आफ्नै पार्टीको कार्यक्रम बहिस्कार गरेका छन् ।

प्रदेश कमिटीदेखि जिल्ला कमिटी हुँदै हरेक संरचना तथा गतिबिधीहरूमा सहभागी नहुने भन्दै उनीहरूले संयुक्त रुपमा कार्यक्रम बहिष्कार गरेका हुन् ।

केन्द्रमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना भैरहेका बेला हुम्लामा समेत कार्यक्रम बहिष्कारको अभियान चलेको छ ।

पार्टी र सरकारबीच अन्तर सम्बन्ध विस्तार तथा संगठन सुदृढीकरण अभियान लिएर नाम्खा पुगेका कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीले गर्न लागेको कार्यक्रम नेकपाका कार्यकर्ताले बहिस्कार गरेका हुन् । पार्टी र सरकारले नाम्खाका सक्रिय कार्यक्रतालाई उपेक्षा गरेको उनीहरूको आरोप छ ।

पार्टीले एकल ढङ्गले सम्पूर्ण गतिबिधीहरु सञ्चालन गरेको आरोप लगाउँदै नाम्खा गाउँपालिकाको सम्पूर्ण पार्टी कार्यक्रताहरूले असन्तुष्ट र असहमति व्यक्त गर्दै कार्यक्रम बहिस्कार गरेका छन् ।

नाम्खाबासीहरूको माग सम्बोधन नभएसम्म पार्टीको कुनै पनि बैठक तथा गतिबिधीहरूमा सहभागी नहुने तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार नाम्गेल तामाङले जानकारी दिए ।

हरेक हिसाबले उत्तरी नाम्खा गाउँपालिकालाई पार्टीले कुनै कुरामा सहभागी नगराएकाले संयुक्त रुपमा राजीनामा दिई आफनै ढङ्गले अगाडि बढ्ने तामाङको भनाई छ ।

नेकपा नाम्खाका कार्यकर्तालाई पार्टीले कुनै पनि बैठक र गतिविधीमा सहभागी नगराएकोले आफूले संयुक्त रुपमा कार्यक्रम बहिस्कार गर्न बाध्य पारेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र)का केन्द्रीय सहल्लाकार सोनामग्यालजन लामाले बताए ।

प्रदेश कमिटीमा नाम्खा गाउँपालिकालाई बेवास्ता गरेकाले बहिस्कार गरिएको तत्कालीन एमाले जिल्ला कमिटी हुम्लाका सचिवालय सदस्य नुर्जन तामाङले बताए ।

प्रदेश र जिल्लाको बैठक बसेर छलफल गरी नाम छनौटको विषयमा आफूहरुलाई जानकारी नगराई मनोमानी ढङ्गले उपेक्षित गरिएको तामाङको आरोप छ ।

चंखेली गाउँपालिकाका कार्यकर्ताहरुले कर्णाली प्रदेश कमिटीद्वारा जिल्ला तथा गाउँपालिकास्तरमा संचालन हुने पार्टीका गतिविधिहरू पनि बहिस्कार गर्ने बताएका छन् ।

गाउँपालिकाका अगुवा कार्यकर्ताको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । विशेष गरी यो बहिस्कार कार्यक्रम पूर्व माओवादी केन्द्र निकटका कार्यकर्ताहरू गर्ने भएका छन् ।

हुम्ला जिल्लामा माओवादी पार्टी बनाउनमा हालको चंखेली गाउँपालिकाको महत्वपुर्ण भूमिका रहेको कुरालाई बिर्सेर नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश कमिटी गठनमा लत्याएकाले यस्तो निर्णय गर्नु परेको पूर्व माओवादी सचिवालय सदस्य गोबिन्द शाहीले बताए ।

Published : Wednesday, 2018 December 19, 11:01 pm

1 प्रतिकृया प्राप्त “ओली–प्रचण्डाको पार्टीमा खैलाबैला, कार्यक्रम नै बहिष्कार”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया