रामचन्द्रविरुद्ध गृहजिल्लामा विशेष भेला, कांग्रेसको समानान्तर समिति

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वसहमहामन्त्री गोविन्दराज जोशीबीच विवाद हुँदा तनहुँ जिल्लामा दुई वटा जिल्ला कार्यसमिति बन्ने अवस्था सिर्जना भएको छ ।

पौडेलको पेलानमा परेका पूर्वसहमहामन्त्री जोशीनिकटको समूहले तनहुँमा समानान्तर जिल्ला कार्यसमिति बनाउन लागेको हो ।

बिहीबार दमौलीमा पत्रकार सम्मेलन गरेर जोशीनिकट नेता तथा कार्यकर्ताहरूले जिल्ला नेतृत्वप्रति असन्तुष्टि जनाए । उनीहरूले अलग विशेष भेलाको घोषणा गरेका छन् ।

पार्टीको जिल्ला नेतृत्व परिवर्तन गर्न भन्दै उनीहरूले आगामी माघ ८ गते विशेष अधिवेशन आयोजना गर्ने भएका छन् ।

जोशीनिकट समूहले पार्टी नेतृत्वको गतिविधि कमजोर भएको र निर्वाचनमा समेत सबै सीटमा पराजय भोग्नुपरेको भन्दै त्यसप्रति चर्को असन्तुष्टि व्यक्त गरेको थियो ।

जोशीले चुनावमा पार्टी कमजोर हुनुमा नेतृत्वको हात भएको भन्दै सोही कारण नेतृत्व परिवर्तन गर्नुपरेको दावी गरेका छन । नेता जोशीले पार्टीका क्षेत्रीय प्रतिनिधिलाई महाधिवेशन डाक्ने अधिकार भएको बताए । तनहुँ कांग्रेसलाई बलियो बनाउन विशेष अधिवेशन बोलाइएको जोशीले बताए ।

कांग्रेसका नेता जोशीले भनेका छन, ‘पार्टी नेतृत्वले सही काम गर्न नसकेको साथीहरूले ठहर गरेकाले क्षेत्रीय प्रतिनिधिहरूले अधिवेशन घोषणा गरिएको छ ।’

अधिवेशनमा उनले पार्टीको विधानअनुसार २५ प्रतिशतभन्दा बढी क्षेत्रीय प्रतिनिधि आउने दावी गरेका छन् । अधिवेशन आयोजनाका लागि डिल्लीराम अधिकारीको नेतृत्वमा आयोजक समिति समेत गठन गरेको बताइएको छ ।

पार्टीकै विधानविपरित देखिने यस अधिवेशनबाट चुनिने नयाँ कार्यसमिति कांग्रेसको समानान्तरक कमिटीकै हैसियतमा रहनेछ ।

प्रतिनिधिसभा निर्वाचनको बेला कांग्रेस नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका नेता जोशीको उमेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।

तनहुँमा कांग्रेसका दुई प्रभावशाली नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीबीच लामो समयदेखि राजनीतिक दुशमनी कायम छ ।

Published : Friday, 2018 December 21, 8:07 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया