विवाद होइन देश र कांग्रेस बचाउन लाग्नुस : रामहरि खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद रामहरि खतिवडाले शीर्ष नेताहरूलाई देश र कांग्रेस बचाउन लाग्न सुझाव दिएका छन ।
नेता खतिवडाले बिहीबार ट्वीट गर्दै कांग्रेसका ठूला नेताहरूको समयमा बुद्धि पलाउनुपर्ने टिप्पणी गरेका हुन । उनले जनता र कार्यकर्ता नहुने हो भने नेताहरू समेत नहुने उनले चेतावनी दिएका छन ।
‘हे कांग्रेसका आफूलाई ठूलो भन्ने नेताहरू तपाईंहरू काहीँ हुनुहुन्छ भने कांग्रेस र देश बचाउन लाग्नुहोस’, खतिवडाले भनेका छन, ‘न कि आफू र आफ्ना आसेपासेलाई समयमै बुद्धि पलाओस पछि हामीलाई हाम्रो पुस्ताले थुक्ने नबनाउनु होस ।’
उनले भनेका छन, ‘कायकर्ता र जनता भए हामी हुन्छौं, नत्र नेता मात्र हुनुहोला । समयभन्दा ठूलो कोही हुन्न ।’
केही ठूला नेताहरूको व्यक्तिगत स्वार्थका कारण कांग्रेसको महासमिति बैठक लम्बिदै जाँदा नेता तथा कार्यकर्ताहरूको मन खिन्न भैरहेका बेला युवा नेता खतिवडाको चेतावनीयुक्त ट्वीट आएको छ ।
good