भेट्रान नेताहरूको आलोचना सुनेपछि ओलीलाई तनाव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले पार्टी र सरकारलाई आफनै ढंगल चलाएको भन्दै खडगप्रसाद ओलीको आलोचना गरेका छन ।

पार्टी मुख्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी समितिको तेस्रो बैठकमा माधवकुमार नेपाल र झलनाथ खनालले सरकारको कामकारबाही चित्त बुझदो नरहेको बताए । स्रोतका अनुसार नेता नेपालले ओलीले आफनो कार्यशैलीमा सुधार गर्नुपनेए बताए ।

अर्का वरिष्ठ नेता खनालले पनि ओलीले पार्टीभित्र निरंकशता लादेको आरोप लगाए । उनले ओलीलाई एउटा पदमा मात्रै बस्न सुझाव दिए । अध्यक्ष वा प्रधानमन्त्री एउटा पद मात्रै राख्न खनालले सुझाव दिएका छन ।

बैठकमा गिरिराजमणि पोखरेल र रामबहादुर थापा, विष्णु पौडेलले सरकारको बचाउ गरेका थिए ।

बैठकमा प्रदीप ज्ञवालीले विदेशमन्त्रीको हैसियतमा आफ्नो अमेरिकाको औपचारिक एवं सफल भ्रमणका सम्बन्धमा बैठकलाई जानकारी गराएका थिए ।

नेकपाको अर्को बैठक आइतबार पुनः शुरु हुने गरी स्थगित भएको छ ।

Published : Saturday, 2018 December 22, 12:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया