कांग्रेसमा केन्द्रीय नेताहरूलाई ‘चोरबाटो’, रिसाए महासमिति सदस्यहरू

काठमाडौं । नेपाली कांग्रेसको विधानमाथि छलफल गर्दै महासमिति सदस्यहरूले केन्द्रीय सदस्यलाई तलबाटै लडेर आउनुपर्ने प्रावधान राख्नुपर्ने माग गरेका छन ।

विधान प्रस्तुत गर्नै आठ दिन लगाएको भन्दै सदस्यहरूले असन्तुष्टि समेत जनाएका छन । ‘एकपटक सांसद जितेको भन्दै सधैँ सांसद कोही पनि हुँदैन । जनताबाटै जितेरै आउनुपर्छ’, एक नेताले भने ।

‘हाम्रा नेताहरू एकपटक जितेपछि सधैँ सीधै केन्द्रमै लड्न सक्ने व्यवस्था राम्रो होइन’, स्रोतले भन्यो, ‘केन्द्रीय सदस्य पनि तल्लो तहबाटै निर्वाचित भएर आउँदा राम्रो हुन्छ ।’

केही सदस्यहरूले केन्द्रीय समितिमा सभापतिको मनोनयन अधिकार घट्दा पार्टी चलाउन गाह्रो हुने बताएका थिए । केही सदस्यहरूले प्रदेश समिति पनि बनेको र पार्टीम अब आठ तह हुँदा पनि केन्द्रमा पदाधिकारी र केन्द्रीय सदस्य थपेको भन्दै चिन्ता जनाए ।

विधानको मस्यौदामाथि मकवानपुर कांग्रेसका सभापति इन्द्र बानियाँ, रामेछापका सभापति लवश्री न्यौपाने, भक्तपुर सभापति दुर्लभ थापा, अछामका सभापति भरतबहादुर स्वाँरसहितले धारणा राखेका थिए ।

Published : Sunday, 2018 December 23, 10:57 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया