माधव नेपाल बोल्दै गर्दा भीम रावल जर्‍याक जुरुक उठेपछि…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा क्रिश्चियन धर्म प्रचारक संस्थाले आयोजना गरेको एसिया प्यासिफिक सम्मेलनमा पार्टी र कम्युनिस्ट सरकारको सहभागिताबारेमा शीर्ष नेताहरुबीच भनाभन भएको छ ।

काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा आइतबार बिहान बसेको स्थायी समिति बैठकमा सम्मेलनमा पार्टीका नेताहरु सहभागी भएको विषयमा पक्ष–विपक्षमा लिएर चर्काचर्की भएको हो ।

क्रिश्चियन धर्म प्रचारक संस्थाको बचाउमा वरिष्ठ नेता माधव नेपाल र केपी ओली उत्रिएका थिए । भीम रावल, घनश्याम भुषाल, वेदुराम भुषाल, अग्नि सापकोटा, लगायतका नेताहरुले क्रिश्चियन धर्म प्रचारको संस्थामा किन गएको भनेर विरोध गरे ।

नेता नेपालले एसिया प्यासिक सम्मेलनमा सरकार र पार्टीको संलग्नताको बचाउ गर्दै जवाफ दिइरहेका बेला नेताहरु भीम रावल र बेदुराम भुसालले उठेर प्रतिवाद गरेका थिए ।

नेता नेपालले कार्यक्रममा सहभागी हुँदैमा देशको शिर ननिहुरिने बताए । उनले कार्यक्रममा सहभागी हुँदैमा देशको शीर निहुरिने जस्तो नलागेको बताए ।

नेता नेपालले यस्तो भनिरहँदा नेताहरु नारायणकाजी श्रेष्ठ, भीम रावल, अग्नि सापकोटा, बेदुराम, घनश्याम भुषाल, योगेश भटटराई र रघुजी पन्तहरुले सम्मेलनमा सरकार नै आयोजकमा बस्नु तथा नेताहरु सहभागी हुनु गम्भीर गल्ती भएको बताए । उनीहरुले आत्मालोचना गर्नुपर्ने माग राखे ।

माधव नेपाल बोलेलगत्तै सो सम्मेलनमा उठेका प्रश्नको प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलेले जवाफ दिएका थिए । जवाफ दिने क्रममा ओलीले उक्त विषय सकिइसकेकाले त्यसैलाई उठाइरहनु जायज नभएको बताएका थिए ।

Published : Sunday, 2018 December 23, 3:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया