‘डाँका’सँग कुम जोडर बस्ने यी हुन् कम्युनिस्ट मन्त्री र प्रजिअ

तौलिहवा । कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेलले कृषिमन्त्री चक्रपाणि खनाललाई डाँका मुद्धामा फरार व्यक्तिसँग एउटै मञ्चमा राखेको खुलासा भएको छ ।

पुस ३ गते कपिलवस्तुको मायादेवी– २ अभिरावमा आयोजित मुसायरा वाचन एवं कवि सम्मेलनमा आठ वटा हत्या, डकैती, अपहरण लगायतका मुद्दा लागेका फरार अभियुक्त नसिम खानसँगै कृषिमन्त्री खनाल र प्रमुख जिल्ला अधिकारी पोखरेलसँगै बसेर कार्यक्रममा सहभागिता जनाएको खुालास भएको छ ।

मुसायरा कार्यक्रममा अभियुक्त खानलाई देखेपछि उनलाई पक्राउ गर्नुको साटो मन्त्री खनाल र प्रजिअ पोखरेल एउटै मञ्चमा सँगै विराजमान भएपछि स्थानीय सर्वसाधारणमा त्रास फैलिएको छ ।

प्रहरीको फरार सूचीमा रहेका खानमाथि ७ वटा कर्तव्य ज्यान र एउटा डांका मुद्दा दर्ता छन् । उनीमाथिका कर्तव्य ज्यानका ६ वटा र एउटा डाँका मुद्दा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा विचाराधीन छन् । एउटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा छ ।

पछिल्लो समय उनले १३ वैशाख २०७४ मा मायादेवी– ४ का वडा अध्यक्ष फतेह मोहम्मदका ५ वर्षीय छोरा मोहम्मद अयमान मुसलमानको अपहरणपछि हत्या गरेको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता छ ।

पीडित फतेह मोहम्मदले आफ्नो छोराको अपहरण गरी हत्या गरेको व्यक्ति पक्राउ पर्ला भनेको त मन्त्री र प्रमुख जिल्ला अधिकारीसँगै मञ्चमा बसेको देखेपछि न्याय पाउनेमा आशंका लागेको बताए ।

पटक पटक प्रहरी–प्रशासनसँग अनुरोध गर्दा पनि हत्या आरोपी खानलाई पक्राउ गर्न चासो नदिइएको उनको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेल भने मन्त्री उपस्थित हुने कार्यक्रम भएकोले आफू पनि मुसायरामा पुगेको र त्यहाँ अरु को को थिए भन्ने जानकारी आफूलाई नभएको बताउँछन् ।

‘त्यसबखत त्यहाँ धेरै मानिसहरु थिए, सबैका बारे जानकारी हुने कुरा भएन, मन्त्री ज्यू आएकाले हामी पनि पुगेका हौं’, पोखरेलले भनेका छन् ।

Published : Monday, 2018 December 24, 2:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया