ओलीको गाडी ठूलो दुर्घटनाबाट जोगियो, पछुवा गाडीहरु ड्याम्म ठोक्किए

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको पछाडि हिँड्ने दुई वटा गाडी एक आपसमा ठोक्किएका छन् । गाडी ठोक्किए पनि ठूलो मानवीय क्षति नभएको महानगरीय ट्राफिक प्रहरीका एकजना प्रहरीले बताए ।

काठमाडौंको पुतलीसडकस्थित पद्मोदय मोडमा ओलीको गाडीको पछाडि पछाडि आएका दुई वटा गाडी बुधबार दिउँसो करीव दुई बजेतिर एक आपसमा ठोक्किएका हुन् ।

‘प्रधानमन्त्रीज्यूको गाडी साइरन बजाउँदै आयो’, डिउटीमा रहेका एकजना प्रत्यक्षदर्शी प्रहरी जवानले भने, ‘अगाडि जाम थियो । सुरक्षाकर्मीको स्कर्टिङको गाडी रोकियो प्रधानमन्त्रीज्यूको गाडी पनि रोकियो । पछाडिबाट छैटौँ र सातौँ नम्बरमा रहेका दुई वटा गाडी ड्याम्म ठोक्कियो । हामी त के भयो भनेर दौडदैँ थियौँ । गाडी नरोकिएर गैहाल्यो ।’

ती प्रहरीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘प्रधानमन्त्रीको गाडी त्यसरी दौडाउन नहुने हो । पुतलीसडक भनेको क्षेत्र अत्यन्तै जाम हुने ठाउँ हो । गति सीमित गरेर चलाए पनि हुन्छ । चलाउँदैनन् । ठूलो दुर्घना हुन पाएन ।’

करीव दुई बजेतिर बालुवाटारबाट सिंहदरबारतिर जाँदै गरेका प्रधानमन्त्री ओलीको गाडीको अगाडि पछाडि सात वटा गाडी थिए ।

पद्मोदय मोडमा ट्राफिक जाम थियो । अर्को साइडबाट च्यापेर जाने क्रममा सबैभन्दा अगाडि स्कर्टिङमा रहेको गाडी रोकिएपछि पछाडि रहेका दुई वटा स्करपियो गाडी ठोक्किएको प्रत्यक्षदर्शीले बताए ।

अगाडिको स्कार्पियो गाडीमा पछाडि रहेको अर्को स्कर्पियो गाडी अनियन्त्रित भै ठोक्नि पुगेको थियो । ठोक्किएका स्कर्पियो गाडीहरुका कारण प्रधानमन्त्रीको गाडी ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

Published : Wednesday, 2018 December 26, 3:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया