कांग्रेसलाई विधानअनुसार चलाऔँ, गाउँबाट अभियान गरौँः कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले आगामी महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवारका रुपमा प्रस्तुत गर्ने संकेत गरेका छन् ।

काठमाडौंको बत्तीसपुतलीमा बिहीबार पत्रकार सम्मेलन गरेर सिटौलाले आफूलाई सधै सभापतिको उम्मेदवार घोषणा नगरे पनि १४औँ महाधिवेशनमा सभापतिका लागि तयारी गरेको संकेत दिए । उनले १४औँ महाधिवेशनको प्रक्रिया छिटै शुरु गर्न आग्रह गरे ।

दुई वर्ष कांग्रेसको १४औँ महाधिवेशन गर्नका लागि पनि अहिलेदे देखिनै गाउँदेखि अधिवेशन थाल्नुपर्ने उनको भनाइ छ ।

सदस्यता वितरणदेखिको काम गर्नुपर्ने भन्दै सिटौलाले कांग्रेसलाई नयाँ विधान र महासमिति बैठकले उर्जा दिएको बताए ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफूले नमान्ने सिटौलाले बताए । ‘शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई मैले पदीय हिसावले मानेको छु’, उनले भने, ‘नेताको रुपमा मान्दैन । उहाँहरुसँग नेतामा हुनुपर्ने गुण छैन ।’

कांग्रेसभित्र गुटको राजनीति कायम रहेको उनको संकेत थियो । सिटौलाले कांग्रेसलाई विधानअनुसार चलाउनुपर्ने समेत बताए ।

महासमिति बैठकले कांग्रेसलाई सुध्रिने मौका दिएको बताएका उनले विधानलाई अब मनपरी रुपमा प्रयोग गर्न नहुने बताए ।

उनले गाउँदेखि केन्द्रसम्म सबैलाई हुने गरेर विधानले समेटेको बताए ।

कांग्रेसले सबै धर्मलाई समान रुपमा हेरेको भन्दै सिटौलाले सनातन धर्मलाई संरक्षण आवश्यक रहेको बताए ।

उनले नेपाल सरकार क्रिश्चियन धर्म प्रचारक संस्थाको कार्यक्रममा सहआयोजक बसेर राम्रो नगरेको बताए । सिटौलाले सरकार नै एउटा धर्म प्रचारमा लागेको बताए ।

Published : Thursday, 2018 December 27, 1:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया