यी हुन राजधानीभित्रै काण्ड मच्चाउने ओली–प्रचण्डको पार्टीका विद्यार्थी नेताहरू

काठमाडौं । ससत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का केही ठूला नेताहरूले कलेजसँग आन्दोलनको बहानामा बार्गेनिङ गरेर मोटो रकम असुलेको खुलासा भएको छ ।

पूर्वएमाले एवं नेकपाकी सांसद समेत रहेकी नवीना लामा नेतृत्वको अनेरास्ववियुका तीन विद्यार्थी नेताले भक्तपुरको ‘भक्तपुर टेक्निकल कलेज’सँग अनेरास्ववियु सीटीइभीटीका राष्ट्रिय अध्यक्ष रमेशसिंह ठकुरी, सीटीइभीटी अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका अध्यक्ष नुर्वु लामा र विद्यार्थी नेता महेन्द्र हमालले चार लाख रुपियाँ लिएका हुन ।

पैसा लिएको भिडियो र अडियोको समाचार ‘सिधा कुरा जनतासँग’मा प्रसारित भएपछि अखिलका नेताहरूको असली अनुहार बाहिर आएको हो ।

ठकुरी र लामाले क्याम्पस सन्चालिका शिलु मल्लसँग पैसा लिन महेन्द्र हमाललाई पठाएका थिए ।

अखिलका नेता महेन्द्र हमालले भक्तपुरको कौशालटारस्थित तन्दुरी क्याफे नामक रेष्टुरेन्टमा कलेज सन्चालिका शिलु मल्लसँग चार लाख बुझेका थिए ।

पैसा बुझेको भिडियो सार्वजनिक भएपछि केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको दल नेकपाको आलोचना भएको छ ।

कलेजसँग चार लाख रुपियाँ लिएको भिडियो र फोन वार्ता लिक भएपछि अनेरास्ववियुका नेताहरूले कलेज सन्चालकलाई सीटीइभीटीको कार्यालय भक्तपुरठिमीमा कुटपिट गरेका छन ।

विद्यार्थी नेताहरूले पत्रकारलाई किन भनेको भनेर समेत धम्काउने गरेका छन । कुटपिट गर्ने विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको छैन । सत्ताको आडमा कुटपिट गर्ने अखिलका विद्यार्थी नेताहरूलाई भक्तपुर प्रहरीले कारबाही नै नगरी छाडिदिएको छ ।

कलेज अनमीको १८ महिने कोर्स पढाउँदै आएको छ । कलेजमा ४२ जना विद्यार्थी छन । ती विद्यार्थीहरूलाई अनेरास्ववियुका विद्यार्थी नेताहरूले शुल्क महँगो लिएको बहाना लगाएर आन्दोलनमा उत्रन भडकाएका थिए ।

आन्दोलन शुरु भएपछि अनेरास्ववियुका विद्यार्थी नेताहरूले क्याम्पस सन्चालकसँग पैसामा बार्गेनिङ गरेको भिडियो र अडियोमा उल्लेख छ ।

Published : Friday, 2018 December 28, 11:59 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया