गाउँका जनताको झुपडीमा पुगे कांग्रेसका युवा नेता राणा

ललितपुर । नेपाली कांग्रेसका युवा नेता एवं पूर्वसांसद उदय शम्शेर राणाको पहलमा ललितपुर जिल्लाका विभिन्न स्थानमा शुरु भएका विकास निर्माणका कार्यक्रमहरूको धमाधम काम भैरहेका छन ।

ती विकासका काम अन्तिम चरणमा पुगेका छन । गएको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपनि कांग्रेसका युवा नेता राणाले आफूले सुरुवात गरेका कार्यक्रमहरूको नियमित अनुगमन गर्दै आएका छन ।

अघिल्लो पटक सांसद बनेका बेला राणाले आफनो क्षेत्रमा धेरै विकासका कार्यक्रमहरूको सुरुवात गरेका थिए । ती कार्यक्रमहरूको काम सम्पन्न हुने चरणमा छन ।

केही दिन अगाडि आफनो पहलमा शुरु भएका विकासका कार्यक्रमहरूको राणाले स्थलगत निरीक्षण गर्नुका साथै गाउँका जनताको मनको भावना बुझेका छन ।
स्थलगत निरीक्षणपछि कांग्रेसका युवा नेता राणाले आफनो क्षेत्रमा विकास निर्माण जारी रहेको बताएका छन ।

‘म सांसद हुँदा हाम्रो पहलमा भूकम्प आपतकालीन सहायता परियोजनाअन्तर्गत बजेट बिनियोजन भएको टीका भैरव–देवीचौर– घुसेल सडकखण्डको कालोपत्रे हुने काम तीब्रताका साथ भइरहेको देख्दा खुसी छु’, प्रतिक्रिया दिँदै पूर्वसांसद राणाले भनेका छन, ‘यसका लागि सहयोग गर्नुहुने सबैलाई धन्यावाद छ ।

राणाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तत्कालीन वरिष्ठ डिभिजन इन्जिनियर महेश्वर घिमिरेजी लगायतका कर्मचारी साथीहरू, पिआर निर्माण सेवा र विकास निर्माणमा सहयोग गरिरहनुभएका बागमती गाउँपालिका – १ का वडाध्यक्ष जगतबहादुर लो, गोदावरी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष गिरिप्रसाद तिमिल्सिना र गोदावरी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष विष्णुमान महर्जनलाई पनि विशेष धन्यवाद दिएका छन ।

सडक निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई कांग्रेसका युवा नेता राणाले आग्रह गरेका छन ।

जाइकाको आर्थिक सहयोगमा निर्माणाधीन घुसेल माध्यमिक विद्यालयको पनि राणाले निरीक्षण गरेको बताएका छन । ललितपुरको समग्र विकासका लागि आफू सधैँ सक्रिय रहने कांग्रेसका युवा नेता राणाले प्रतिवद्धता जनाएका छन ।

ललितपुर क्षेत्र नं. १ बाट निर्वाचित तत्कालीन एमालेका सांसद नवराज सिलवालले केही काम गर्न नसकेको भनेर आलोचना भैरहेका बेला कांग्रेसका युवा नेता राणाले गाउँका जनताको दुःख कष्ट बुझन र कार्यक्रमहरूको कति प्रगति भएको छ भनेर आफै स्थलगत निरीक्षणमा निस्किएका हुन ।

Published : Friday, 2018 December 28, 12:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया