सभामुखको गतिविधि संकास्पद, छानविन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाल कांग्रेसका सांसद एवं युवा नेता अमरेशकुमार सिंहले क्रिश्चियन धर्म प्रचारक संस्थाको कार्यक्रममा संसदको लोगो प्रयोग गर्न कसले दियो भनेर प्रश्न गरेका छन ।

संसदको शुक्रबारको बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद सिंहले एसिया प्यासिफिक सम्मेलनमा लोगो प्रयोग गरेर संसदको अपमान गरेको बताए ।

एसिया प्यासिफिक सम्मेलनको एउटा सत्रको अध्यक्षता सभामुख कृष्णबहादुर महरा स्वयंले गरेका थिए । कतिपय देशका सभामुखहरूलाई महराले निम्तो पठाएर क्रिश्चियन धर्म प्रचारक कार्यक्रममा बोलाइदिएका थिए ।

‘क्रिश्चियन धर्म प्रचारक संस्थाको एसिया प्यासिफिक कार्यक्रम संसदको लोगो प्रयोग गर्न कसले दियो ?’, उनले प्रश्न गर्दै भने, ‘संसदको लोगो क्रिश्चियन धर्म प्रचारक संस्थाको कार्यक्रममा प्रयोग गर्न दिनेलाई कारबाही होस । छानविन माग गर्दछु ।’

नेपाल सरकारलाई क्रिश्चियन धर्म प्रचारक संस्थाको त्यो कार्यक्रममा सहआयोजक राखिएको थियो । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खडगप्रसाद ओलीले कार्यक्रमको उदघाटन

गरिदिएका थिए । ओलीकै दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल मूल आयोजक समितिको संयोजक समेत रहेका थिए ।

दक्षिण कोरियाकी मुनले कार्यक्रममा आफूलाई ‘जससी एक्ली छोरी’ घोषणा गरेकी थिइन । कार्यक्रममा होली वाइन खुवाइएको थियो ।

नेपाली कांग्रेसले कार्यक्रमलाई बहिष्कार गरिदिएको थियो । क्रिश्चियन धर्म प्रचारक संस्थाको कार्यक्रममा नेपाल सरकारलाई सहआयोजक राखेको भनेर आलोचना पनि भएको थियो ।

यसैबीच, नेपाली कांग्रेसका सांसद सिंहले चिनी मिल अहिलेसम्म नखोलेर किसानलाई मर्का पारिएको बताए । किसानको उखुको मूल्य नदिएको र चिनीमा कालोबजारी गर्न ठूलो षडयन्त्र भएको उनले बताए ।

Published : Friday, 2018 December 28, 2:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया