‘डिप लभ’ कांग्रेसभित्रको अट्याचमेन्टका लागि होः देउवा

काठमाडौं । कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘लभ’ भनेको कहिल्यै पनि बराबरी नहुने बताएका छन् ।

आफूले भनेको ‘डिप लभ’लाई देउवाले अट्याचमेन्टका रुपमा लिनुपर्ने बताए । उनले डिप लभबारे आएका टिकाटिप्पणीलाई पार्टीको एकतासँग जोडेर आफूले भनेको बताएका छन् ।

‘सानैमा हुँदा डिप लभ पर्ने कुरा सुनेको थिएँ’, देउवाले भने, ‘हो त्यही कुरालाई पार्टीमा पनि लागू गर्न सकियो भने राम्रो हुन्छ भन्ने सोँचेको हुँ । डिप लभ भनेको अट्याचमेन्ट पनि हो ।’ लभ भनेको कुरा कहिल्यै पनि बराबरी नहुने उनको भनाइ थियो ।

देउवाले पार्टीभित्रको प्रसंग कोट्याउँदै आफू सभापति भएकाले सबैलाई बराबरी माया गरेको बताए । ‘म सभापति हुँ’, उनले भने, ‘कसैलाई पनि काखा र पाखा गर्नु हुँदैन । सबैलाई मिलाएर लैजान सक्नुपर्छ । मैले सबैलाई मिलाउनकै लागि सधैँ प्रयास गरिरहेको छु ।’

महासमितिको बैठकको अन्तिम दिन सम्बोधनका बेला रामचन्द्र पौडेलसँग आफ्नो ‘डिप लभ’ परेको देउवाले बताएका थिए । डिप लभबारेमा विभिन्न टिकाटिप्पणी भएका थिए । सोही विषयलाई देउवाले ब्याख्या गर्ने प्रयासमा यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसको बिटमा रिर्पोटिङ गर्ने पत्रकार तथा नेपाल प्रेस युनियनसँग आवद्ध पत्रकारहरूसँग शुक्रबार साँझ राजधानीमा भएको अनौपचारिक अन्तरक्रिया कार्यक्रममा देउवाले भने, ‘केटा र केटीबीच हुने माया कहिल्यै पनि बराबरी हुँदैन । केटाले माया धेरै ग¥यो भने केटी कतै जाने हो कि भनेर सोँची रहन्छ । केटीले धेरै माया ग¥यो भने केटा कतै जान्छ कि ? छाड्छकी भन्ने तनाव रहिरहन्छ ।’

माया भनेको कहिल्यै पनि बराबरी नहुने उनको भनाइ थियो । डिप लभले एकतालाई मजबुद बनाउने देउवाको भनाइ थियो ।

Published : Saturday, 2018 December 29, 11:04 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया