अमेरिकामा बस्ने कांग्रेस नेता विष्टको प्रशंसनीय काम, गाउँका जनता खुसी
डोटी । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य अनन्द विष्टले डोटी जिल्लाको जोरायल तथा बडीकेदार गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेका छन ।
विष्टले दुई वटा गाउँपालिकालाई एम्बुलेन्स निःशुल्क रुपमा उपलब्ध गराएर सहयोग गरेका हुन । एम्बुलेन्स नहुँदा स्थानीयवासी छिटो स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका थिए ।
कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा डोटी जोरायल गाउँपालिका ५ गड्सेराका स्थानीय बासिन्दा विष्टले दुईवटा एम्बुलेन्स हस्तान्तरण गरेपछि उत्साह थपिएको छ ।
२२ लाख रुपियाँ बराबरमा दुईवटा एम्बुलेन्स हस्तान्तरण गरिएको कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य विष्टले जानकारी दिएका छन ।
‘एम्बुलेन्स नहुँदा नागरिकलाई समस्या भयो भन्ने जानकारी पाएकाले मैले आफ्नै पहलमा दुई वटा एम्बुलेन्स खरिद गरेर हस्तान्तरण गरेको छु’, नेता विष्टले भने, ‘एम्बुलेन्सले गाउँमा बिरामी हुँदा स्थानीय नागरिकले छिटो अस्पतालसम्म पुगेर सेवा पाउनेछन् भन्ने आश गरेको छु ।’
कांग्रेसका नेता विष्टले जोरायल गाउँपालिकामा शुक्रबार एक कार्यक्रमका गरी एम्बुलेन्स हस्तान्तरण गरेका हुन ।
बडीकेदार गाउँपालिकाको एम्बुलेन्स शनिबार गाउँपालिकाकै कार्यालय खड्यौलीमा पुगेर विष्टले हस्तान्तरण गरेका छन ।
जोरायल गाउँपालिका ५ गड्सेरका स्थायीवासी रहेका कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य विष्ट अमेरिका बस्दै आएका छन ।
यसमा तपाइको मत