मेलमिलाप दिवस मनाउन तरुण दलद्वारा जिल्लाहरूलाई परिपत्र
काठमाडौं । नेपाल तरुण दलले त्रिचालीसौँ राष्ट्रिय मेलमिलाप तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ ।
तरुण दलद्वारा शनिबार जारी प्रेस विज्ञप्तिअनुसार १५, १६ र १७ गते तीन दिन विभिन्न रचनात्मक कार्यक्रम गरेर दिवस मनाउने निर्णय भएको हो ।
नेपाली कांग्रेसले पनि पुस १६ गते भव्य कार्यक्रम गरेर मलमिलाप दिवस मनाउँदै छ ।
कांग्रेसले यस पटक मेलमिलाप दिवस कम्युनिस्ट सरकारको निरंकशता र अराजकताविरुद्ध केन्द्रित गर्ने तयारी गरेको छ ।
बिपी कोइराला स्वदेश फिर्ता भएको स्मरणमा नेपाली कांग्रेसले प्रत्येक वर्ष राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदै आएको छ ।
तरुण दलले सबै जिल्लाहरूलाई परिपत्र गरेर राष्ट्रिय एकता र मेलमिलाप दिवस भव्यताका साथ मनाउन निर्देशन दिएको छ ।
यसमा तपाइको मत