यी धुन्दुकारी कम्युनिस्ट नेताको हर्कतबाट छक्कै देश पर्‍यो

काठमाडौं । रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा रिहाइ भएको खुसीयालीमा आइतबार सार्वजनिक विदा दिइएको छ ।

माओवादीबाट मेयरमा विजयी भएका कुशवाहले खुसीयाली मनाउन नगरपालिकाभित्र सार्वजनिक विदा दिएका हुन ।

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय पाएका मेयर कुशवाहालाई सर्वोच्च अदालतले सफाइ दिएको थियो ।

जेलबाट छुटेपछि कुशवाह हेलिकप्टर चार्टर गरी शनिबार गृहनगर रौतहट पुगेका छन् । उनी जेलमुक्त भएको खुसियालीमा नगरपालिका, वडा कार्यालय र नगर क्षेत्रका सबै विद्यालयमा आइतबार सार्वजनिक बिदा दिइएको छ ।

जेलबाट छुटेलगत्तै कुशवाह सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल निवास पुगेका थिए । शनिबार नै कुशवाह हेलिकप्टरबाट कटहरियास्थित जनता माविको प्रांगणमा उत्रिएका छन । उनलाई शुभेच्छुकहरूले फूलमाला, खादा र दोसल्ला ओढाएर स्वागत गरेका थिए ।

कुशवाहको साथमा नेकपा नेता तथा सांसद प्रभु साह, प्रदेश सांसद कुन्दन कुशवाहालगायत नेता गएका थिए । मेयर कुशवाहा कटहरिया डुमरिया र जमुनियामा राखिएको स्वागत सभामा पनि हेलिकप्टर लिएरै पुगेका थिए ।

गत वैशाख २७ गते राजधानीबाट पक्राउ परेका कुशवाहालाई सर्वोच्चका न्यायाधीशद्वय शारदा घिमिरे र डम्बर शाहीको इजलासले सफाइ दिएको थियो । उनी शुक्रबार ५ बजे डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।

झन्डै ९ महिना लामो कारागार बसाइपछि रिहा भएका कुशवाहा शनिबार आफ्नो गाउँ कटहरिया पुगेका छन् ।

विश्व हिन्दु युवासंघ पर्साका संस्थापक अध्यक्ष काशी तिवारीको वीरगन्जमा भएको हत्या मुद्दामा कुशवाहा जेल परेका हुन् ।

वीरगन्जको अशोकबाटिकास्थित शिव–पार्वती मन्दिर परिसरमा तिवारीलाई मोटरसाइकलमा आएकाले २०६७ असार १२ गते गोली हानी हत्या गरेका थिए ।

मोटरसाइकल चालक बाराको हरैयाका अमन कुशवाहा पक्राउ परेपछि उनकै बयान आधारमा कुशवाहाको संलग्नता खुलेको प्रहरीले जनाएको थियो ।

घटनापछि फरार कुशवाहालाई ३ वर्षपछि २०७० पुस १ गते चितवनको भण्डाराबाट पक्राउ गरी जिल्ला अदालत पर्सामा पेस गरिएको थियो ।

न्यायाधीशद्वय नारायणप्रसाद श्रेष्ठ र लेखनाथ घिमिरेको संयुक्त इजलासले तिवारी हत्यामा दोषी ठहर गर्दै मेयर कुशवाहलाई गत फागुन २८ गते जन्मकैद फैसला गरेको थियो ।

Published : Sunday, 2018 December 30, 1:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया