भ्रष्टाचार र अनियमिततामा इतिहाँस रच्दै कम्युनिस्ट सरकार
काठमाडौं । कम्युनिस्ट सरकार रहेका बेला नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान खरिद गर्दा करीव साढे ३ अर्ब रुपियाँ खर्च गरेको छ ।
एयरबसले दुई वर्षअघि निगमलाई पठाएको मूल्यसूचीका आधारमा हिसाब गर्दा ३ अर्ब ४० करोड रुपियाँ बढी खर्चिएको देखिन आएको छ ।
वाइडबडी खरिद अनियमितताबारे प्रारम्भिक अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आधारमूल्य तालिका उपलब्ध गराएको छ ।
प्रस्ताव मूल्यांकनका लागि निगमबाट गठित ११ सदस्यीय टोलीको प्रतिवेदनको अनुसूची ‘सी’मा समेत उक्त विवरण छ ।
निगमले खरिद गरेको वाइडबडी विमानको आधारमूल्य १० अर्ब ४० करोड रुपियाँ छ ।
आशयपत्र जारी गरेपछि ११ वटा कम्पनीले पेस गरेको प्रस्ताव मूल्यांकन क्रममा सन् २०१६ को आधारमूल्य ८ करोड ८० लाख ९९ हजार ३१७ (८८.०९ मिलियन) अमेरिकी डलर निर्धारण गरेको थियो तर निगमले करिब १० करोड ८१ लाख (१०८.१ मिलियन) का दरले दुईवटा विमानका लागि करिब २१ करोड ६३ लाख ८८ हजार डलर (२१.६३ मिलियन) डलर भुक्तानी गरेको छ ।
एयरबसले पठाएको मूल्यसूची र भुक्तानी हेर्दा साढे ३ अर्बको चलखेल भएको देखिएको छ । एयरबसबाट पठाएको कागजात भने गोप्य राखिएको छ ।
विमान खरिद गर्दा ८ करोड ८० लाख(८८ मिलियन) डलरलाई लागत अंक मान्नुपर्ने थियो ।
त्यतिबेला सोझै एयरबसबाट विमान खरिद प्रयास गर्ने, त्यो सम्भव नभए त्यही रकमलाई आधार मानी एजेन्टलाई सीमित कमिसन दिएर विमान ल्याउनुपर्ने थियो ।
निगम व्यवस्थापनले ११ करोड ८१ लाख ६३ हजार ७७३ डलर (८८ मिलियनको साटो बढाएर ११८.१६ मिलियन) निर्धारण गरेको थियो ।
निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले संसद्को सार्वजनिक लेखा समितिमा स्पष्टीकरण दिँदै ११ करोड ८० लाख डलर (११८ मिलियन) लागत अनुमान गरिएको जहाज १०९ मिलियन डलरभन्दा कमका दरले आयात गरिएको भन्दै यत्तिको सस्तोमा कसैले पनि विमान उपलब्ध गराउन नसक्ने प्रतिक्रिया दिएका थिए ।
यसमा तपाइको मत