यी हुन कांग्रेसको दुश्मन, ललितपुरमा गरे लाज लाग्ने काम

ललितपुर । नेपाली कांग्रेसले सोमबार देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ ।

देशभर ४३ औँ मेलमिलाप दिवस मनाइरहँदा नखिपोटमा रहेको ललितपुर जिल्ला पार्टी कार्यालयमा विद्रोही नेता ओमकारप्रसाद श्रेष्ठले भाँडभैलो मच्चाएका छन ।

श्रेष्ठको समूहले मेलमिलाप दिवसको कार्यक्रममा आसनग्रहण नगराएको भन्दै विवाद निकालेको थियो । श्रेष्ठले स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई हराउन खुलेआम भूमिका खेलेका थिए ।

त्यति मात्रै होइन पूर्वमन्त्री समेत रहेका श्रेष्ठले नेपाली कांग्रेसको पार्टी कार्यालय रहेको घर जग्गालाई आफैले कब्जा जमाएका छन । उनले अदालतमा मुद्धा हालेर कांग्रेसको कार्यालय समेत कब्जा गरेका छन ।

ललितपुरमा जिल्ला सभापति मदन अमात्य र पूर्वसभापति तथा पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ पक्षका सदस्यबीच विवाद छ ।

स्थानीय चुनाव भन्दा पहिलादेखि विभाजित दुई प्यानलको अन्तरद्वन्द्वले मेलमिलाप दिवस भाँडिएको छ ।

कार्यक्रममा अमात्य पक्षले श्रेष्ठ पक्षले पार्टीलाई अन्तरघात गरेको र अनुसाशन उलंघन गरेको आरोप लगाएको छ ।

अमात्य पक्षले श्रेष्ठ पक्षलाई पक्षपात गरेको भन्दै पार्टी कार्यालय अगाडि नै कोणसभा गरेका छन ।

कार्यालय बाहिरको कोणसभामा रामकृष्ण चित्रकार, जितेन्द्र मलेखु, प्रमोद शर्मा, कपिल बहादुर लामा, ललिता खनियाँलगायतका उपस्थित भएर विरोध जनाएका थिए ।

कार्यालयको प्रागंणमा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमाकान्त चौधरी प्रमुख अथितिका रुपमा उपस्थित थिए । तरुणदलका अध्यक्ष जीतजंग बस्नेत, पूर्वसांसद शम्शेर राणा, मेयर चिरिबाबु महर्जनलगायत उपस्थित थिए ।

प्रमुख अतिथि चौधरीले मेलमिलाप आवश्यक भएको भन्दै आन्तरिक द्वन्द्वका कारण कांग्रेसले स्थानीय चुनावमा पराजय भोग्नु परेको बताए । ‘नेताहरू जसरी पनि मिल्नुपर्छ, नत्र कार्यकर्ता हतोत्साही हुन्छन्, ऊर्जा मर्छ’, उनले भने ।

तरुण दलका अध्यक्ष बस्नेतले कार्यक्रममा कोही बस्ने, कोही जाने गर्दा खल्लो लागेको बताएका छन । ‘पहिला नै यस्ता समस्या मिलाउनुपर्थ्यो’, बस्नेतले भने, ‘सबै साथीलाई चित्त नबुझेका कुरा केन्द्रीय प्रतिनिधिसमक्ष राख्न अनुरोध गर्दछु।’

Published : Tuesday, 2019 January 1, 11:36 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया