गगन थापाको एकाएक चम्कियो भाग्य, बाजी मारे

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगनकुमार थापाले ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ अस्वीकार गरियोस् भन्ने विरोधको सूचना संसदले बहुमतले अस्वीकृत गरिदिएको छ ।

संसदको मंगलबार बसेको बैठकमा सांसद थापाले कर्मचारी समायोजन अध्यादेश फिर्ता लिनुपर्ने माग गर्दै संसदमा विरोधको सूचना दर्ता गराएका थिए ।

विरोधको सूचना दर्ता गराउनेमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल पनि थिए । थापा र सुवालको प्रस्ताव एउटै भएपछि सभामुखले एकजनालाई आफ्नो प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए ।

थापा र सुवाल दुबैले विरोधको सूचना फिर्ता लिन अस्वीकार गरेपछि सभामुखले गोलाप्रथाबाट एउटा प्रस्ताव अगाडि बढाउने निर्णय गरेका थिए ।

गोलाप्रथा गर्दा कांग्रेसका सांसद थापालाई गोला परेको थियो । कांग्रेसका सांसद थापालाई गोलाप्रथा परेपछि कांग्रेसका सांसदहरु खुसी भएका थिए ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एकजना सांसदले नै गगन थापाको भाग्य बलियो भनेर टिप्पणी गरेका थिए ।

त्यसपछि थापाले संसदमा कर्मचारी समायोजन अध्यादेश २०७५ लाई अस्वीकृत गरियोस् भनेर संसद बैठकमा प्र्रस्ताव राखेका थिए ।

प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा कांग्रेस सांसद थापाको विरोधको सूचना बहुमतबाट अस्वीकृत भएको थियो ।

कांग्रेसका सांसद थापाले कर्मचारीहरुलाई डर धम्की दिएर कर्मचारी समायोजनको अध्यादेश ल्याएको भन्दै विरोध गरेका थिए । उनले कर्मचारीको वृद्धि विकास रोक्न नपाइने बताए ।

सांसद थापाले विरोधको सूचना संसदमा पेश गरेपछि कम्युनिस्ट सरकारको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अध्यादेशलाई फिर्ता लिन नसकिने जवाफ दिएका थिए ।

Published : Tuesday, 2019 January 1, 4:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया