नेविसंघ दार्चुलाले दियो गतिलो सन्देश

प्रकाशचन्द्र भट्ट

दार्चुला । नेपाल विद्यार्थी संघ दार्चुलाको अध्यक्षमा रमेश भट्ट सर्वसम्मत चयन भएका छन् ।

२०६३ सालदेखि नेविसंघको विद्यालय इकाई अध्यक्षको जिम्मेवारी सम्हालेका उनी २०६६ सालमा नेविसंघ जिल्ला कार्यसमितिको सचिवको कार्यकाल सम्हालेका थिए ।

नेविसंघको नवौँ जिल्ला अधिवेसनबाट भट्ट अध्यक्ष पदमा चयन भएका हुन् । अध्यक्ष पदका लागि धेरै विद्यार्थी नेताहरूले आकांक्षा देखाएका थिए ।

उद्घाटन पछिको बन्दसत्रबाट सहमतिका आधारमा रमेश भट्टलाई अध्यक्षमा चयन गरिएको विद्यार्थी नेता दीपक खातीले जानकारी दिए ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिको उपाध्यक्षमा दीवाकर जोशी, सचिवमा धनेन्द्र सिंह धामी र हरि जोशी, कोषाध्यक्षमा अर्जुन सिंह धामी चयन भएका छन ।

समितिको सदस्यहरूमा मन्जुु जोशी, ललिता धामी, उमा सार्की, सचिन अवस्थी, अमृत बोेहरा, मंगल रोकाया, कृष्ण रावल, सुनीलबाबु पन्त, गुमा कार्की, धनेन्द्र धामी, विष्णु दत्त ओझा, विजय जोशी, दीवाकर जोशी, हरि दत्त जोशी, मनीषा चन्द, विजया बडाल र तुलसी बडू सर्वसम्मत चयन भएका छन् ।

सह–सचिवको टुङ्गो अब बस्ने जिल्ला कार्यसमितिको बैठकले लगाउने नेविसंघ दार्चुलाले जनाएको छ ।

नेपाल विद्यार्थी संघको दार्चुलाको नवौँ अधिवेसन कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधी सभा सदस्य दिलेन्द्रप्रसाद बडूले उद्घाटन गरेका थिए ।

Published : Wednesday, 2019 January 2, 9:04 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया