सभापति देउवाद्धारा चार सांसदलाई सदस्यमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसमिति सदस्यमा चारजनालाई मनोनीत गरेका छन् ।

सभापति एवं संसदीय दलका नेता देउवाले संसदीय दलको विधान संशोधन तथा परिमार्जन सहित, २०७४ को धारा १० को उपधारा २ (ग) बमोजिम चारजनालाई कांग्रेस संसदीय दलको कार्यसमिति सदस्य पदमा मनोनीत गरेका हुन् ।

सदस्यमा मनोनीत हुनेहरुमा उमेश श्रेष्ठ, डा. डिला संग्रौला पन्त, देवप्रसाद तिमिल्सिना, र पार्वता डिसी चौधरी रहेका छन् ।

नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न भएको केही हप्ताभित्र देउवाले संसदीय दलको कार्यसमितिमा मनोनीत गरेका हुन् ।

मनोनीत हुनेमा सबै सभापति देउवा निकटका मानिन्छन् । चारजनामध्ये चौधरी र संग्रौला केन्द्रीय सदस्य हुन् ।

कार्यसमिति सदस्यमा मनोनीत भएकाहरुले सभापति देउवाकै आसपास रहेर काम गर्दै आएका छन् ।

Published : Wednesday, 2019 January 2, 4:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया