ओलीको कम्युनिस्ट सरकार काण्डै काण्डमा पर्‍योः डिला संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् सांसद डिला पन्त संग्रौलाले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार काण्डैकाण्डमा फसेको बताएकी छिन् ।

संसदको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले वाइडी बडी विमान खरिद प्रकरणपछि ओली सरकार बद्नाम भएको बताइन् ।

‘केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार काण्डै काण्डमा मुछिएको छ’, उनले भनिन्, ‘निर्मला पन्त बलात्कार र हत्या काण्ड, वाइडी बडी भ्रष्टाचार काण्ड, चिनी काण्ड । यो सरकार काण्डै काण्डले भरिएको छ ।’

ओलीले सुशासन दिन नसक्ने कम्युनिस्ट सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको उनले आरोप लगाइन् ।

कांग्रेसकी सांसद पन्तले निर्मला पन्तका दोषीलाई बालुवाटारले संरक्षण गरेर राखेको बताइन् ।

ओलीले क्रिश्चियन धर्म प्रचारक संस्थाको पवित्र रक्सी पिउने कार्यक्रममा कम्युनिस्ट सरकार सहआयोजक बनेको विषयमा सांसद पन्तले सरकारको जवाफ माग गरिन् ।

‘पवित्र रक्सी खुवाउने कार्यक्रममा सरकारलाई सहआयोजक राखिएको बारे प्रधानमन्त्रीले किन सदनलाई जानकारी दिनु हुन्न ?’, उनले भनिन् ।

Published : Thursday, 2019 January 3, 1:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया