यी हुन् जनताको काम छाडेर मन्त्रालयभित्रै छोरासँग खेल्ने कम्युनिस्ट मन्त्री

काठमाडौं । कम्युनिस्ट सरकारको खानेपानी तथा सरसफाईमन्त्री बिना मगरले जनताको काम गर्नुको साटो मन्त्रालयमा छोरो लगेर दिनभरि छोरासँगै खेल्ने गरेको रहस्य बाहिर आएको छ ।

सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस)का अनुसार मन्त्री मगरले चार वर्षीय छोरा प्रणव दाहाललाई मन्त्रालयमा लगेर दिनभरि रमाइलो गर्ने गरेकी हुन् । मन्त्री मगरले छोरालाई खेलाएर जनताको कामलाई प्रभावित बनाएको आरोप छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी समेत रहेकी मन्त्री मगरले सस्तो लोकप्रियताका लागि छोरा र आफ्नो बारेमा राससमा समाचा लेखाएको भनेर सामाजिक सञ्जालमा आलोचना भएको छ ।

छोरो खेलाउन (सुसारे)लाई पनि आफूसँगै मन्त्रालय पुगेकी मन्त्री मगरले देखाउनकै लागि यस्तो चर्तिकला देखाएको आरोप लागेको छ ।

मन्त्री मगरले जनताको काम र नीति निर्णयहरु गर्नुको साटो मन्त्रालयमा हुर्किसकेको छोरोलाई लगेर दिनभरि रमाउने गरेको मन्त्रालयका एक कर्मचारीले बताए ।

‘मन्त्री जस्तो व्यक्तिले हुर्की सकेको छोरालाई मन्त्रालयमा ल्याएर के नाटक देखाउन खोज्नु भएको हो ?’, नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले भने, ‘छोरालाई हेर्नका लागि सुसारे पनि ल्याएर आउनु भएको थियो । उहाँले सस्तो लोकप्रियताका लागि समाचार लेखाएको जस्तो लाग्यो ।’

मन्त्री भनेको देश र जनताको साझा व्यक्ति हो भन्नु कुरालाई भुलेर मन्त्री मगरले छोरासँगै दिन विताउने गरेकी हुन् ।

मेलम्ची खानेपानी प्रकरणमा विवादमा परेकी मन्त्री मगरको कार्यसम्पादनप्रति मन्त्रालयका कर्मचारी समेत सन्तुष्ट छैनन् । प्रचण्डकी बुहारी भएकै कारण उनलाई सास्ती खेपेर कर्मचारीहरु बसेको चर्चा खानेपानी मन्त्रालयमा हुने गरेको छ ।

मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीसँग पाँच करोड पैसा मागेका कारण काम प्रभावित भएको नेपाली कांग्रेसका नेता एवम् पूर्व खानेपानीमन्त्री दीपक खड्काले नेपाली रेडियो नेटवर्कको बहस कार्यक्रममा आरोप लगाएका थिए ।

Published : Thursday, 2019 January 3, 5:58 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया