कांग्रेसका युवा नेता शाहीको समाज सेवाबाट पीडितहरू खुसी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले कालिकोट जिल्लाको खाडामा भएको आगलागी पीडितहरूलाई सहयोग अभियान चलाएका छन ।

आगलागीमा ८७ घर जलेर नष्ट भएको पलाता गाउँपालिका– १ खाडामा कांग्रेसका युवा नेता शाहीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन ।

‘सुन्दर कालिकोट समृद्ध कालिकोट’ अभियान मार्फत शाहीले स्वास्थ्य शिविर सञ्चालन गरेका हुन ।

कालिकोटका कम्युनिस्ट पार्टीका जनप्रतिनिधिहरूले अग्निपीडितहरूलाई सहयोग गर्न ढिलाइ गरिरहेका बेला कांग्रेसका युवा नेता शाहीले उपचारसहित आर्थिक सहयोगका अभियान चलाउँदै आएका छन ।

शिविरमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका चिकित्सकहरूको टोलीले उपचार गरेको थियो ।

शाहीको पहलमा बुधबार सञ्चालन गरिएको शिविरमा एक सय ५० जनाको उपचार गरिएको छ ।

शिविर सञ्चालनपछि बाँकी रहेको औषधि गाउँपालिकालाई हस्तान्तरण गरिएको नेपालगन्ज मेडिकल कलेजका सामाजिक सुरक्षा इकाइ प्रमुख रामबहादुर मल्लले बताएका छन ।

११ लाखको औषधि लगेर स्वास्थ्यकर्मीको टोली पताला पुगेको थियो । बाँकी रहेको दुई लाख ५० हजारबराबरको औषधि गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

अग्निपीडितमा मानसिक समस्या देखिएको शिविरमा उपचार गरेका डा.देवेन्द्र आचार्यले बताएका छन ।

अधिकांश बिरामीले सपनामा आगो लागेको देख्ने, निदाएको वेला कोही कराएको सुनिनेलगायत समस्या रहेको डा.आचार्यले जानकारी दिए ।

शिविरमा डा.सन्देश पण्डित, डा.अमरेन्द्र कुसवाहा, डा.अनिलकुमार चौधरी, नर्सहरू पुष्पाञ्जली न्यौपाने र कल्पना श्रेष्ठले उपचार गरेका थिए ।

प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका कांग्रेसका युवा नेता शाहीले आफनो गृहजिल्ला कालिकोटमा विभिन्न क्षेत्रमा समाज सेवा गर्दै आएका छन ।

Published : Friday, 2019 January 4, 11:07 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया