वाइड बडी काण्डका मुख्या आरोपीलाई कालो मोसो

काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारलाई कालो मोसो दलिएको छ ।

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले शुक्रबार कंसाकारलाई कालोमोसो दलेका हुन् । कंसाकारलाई अपरान्ह चार बजे कार्यालयमा कालोमोसो दलिएको हो ।

वाइड बडी जहाज खरिद काण्डमा मुख्य आरोपी ठानिएका कंसाकारलाई क्रान्तिकारी माओवादीले कालो मोसो दलेको हो ।

कम्युनिस्ट सांसदहरुलाई कांग्रेसका नेता डा.रिजालको काउन्टर जवाफ

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् सांसद डा.मीनेन्द्र रिजालले वाइड बडी विमान खरिद घोटालामा सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिवेदनको बचाउ गरेका छन् ।

सिंहदरबारस्थित संसद सचिवालयमा शुक्रबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले आलोचना गरेपछि कांग्रेसका सांसद डा.रिजालले उपसमितिको प्रतिवेदनको बचाउ गरेका हुन् ।

नेकपाका सांसदहरुले लगातार उपसमितिको प्रतिवेदनमा प्रश्न उठाएपछि डा.रिजालले दलीय आवद्धताका आधारमा प्रतिवेदनलाई नहेर्न आग्रह गरे । उनले कुन निर्णय कतिबेला भयो भन्ने मुख्य हुने बताए । ‘कुन एक्टर कुन बेला कसरी प्रवेश गरेका छन्, हामीले ध्यान दिनुपर्ने हुन्छ’, सांसद डा.रिजालले भने ।

उपसमितिको प्रतिवेदन आइसकेपछि सरकारले आयोग बनाएको भन्दै कांग्रेसका सांसद एवम् सार्वजनिक लेखा समितिका सदस्य डा.रिजालले सरकारले आयोग बनाइसक्यो भन्दैमा लेखा समिति मौन बस्न नसक्ने बताए ।

‘सरकारले जे जे कमिटी बनाउँछ बनाइराखोस्, अख्तियारले गर्ने छानविन रोक्न पाइँदैन’, कांग्रेसका सांसद डा.रिजालले भने, ‘को मानिस कुन दलको हुनुहुन्छ भनेर प्रतिवेदन लेख्न थालियो भने लेखा समिति मात्र होइन, संसदको पनि उपदेयता हुँदैन ।’

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले पनि सांसदहरु जति उफ्रिए पनि भ्रष्टाचार भएको प्रष्ट भइसकेको दाबी गरे ।

उनले महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा विमान खरिदमा गाल्ती औल्याइसकेपछि भुक्तानी दिनु गम्भीर भएको बताए ।

सत्तारुढ नेपाली कम्युनिस्ट पार्टीका सांसदहरुले हृदयश त्रिपाठी, विशाल भट्टराई, यज्ञबहादुर बोहरा, पुष्पाकुमारी कर्णसहितका सांसदहरुले वाइडी बडी घोटाला प्रकरणमा परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित कम्युनिस्ट सरकारको बचाउ गरेका थिए ।

Published : Friday, 2019 January 4, 5:27 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया