‘कंसाकारलाई हामीले मोसो दलेका हौँ, अरुलाई पनि दल्छौँ’

काठमाडौं । क्रान्तिकारी युवा लिग नेपालले वाइड बडी जहाज खरिदमा भ्रष्टाचारमा मुछिएकाहरूलाई बर्खास्त गरेर कारबाही गर्नुको साटो केपी ओलीको सरकारले भ्रष्टाचारलाई ढाकछोप गर्न खोजेको आरोप लगाएको छ ।

लिगका संयोजक संकल्पले शुक्रबार राति प्रेस विज्ञप्ति जारी गरेर संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही, जितेन्द्र देव, नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार तथा सचिवहरूलाई कारबाही गर्नुको साटो बचाउन पराजुलीको संयोजकत्वमा छानविन समिति बनाएको भन्दै आक्रोश जनाएका हुन ।

उनले वाइड बडी खरिदमा दोषी देखिएकाहरूलाई आफूहरूले नछाडने चेतावनी दिएका छन । संयोजक संकल्पले सुगतरत्न कंसाकारलाई भ्रष्टाचार अभियोगमा आफूहरूले कालोमोसो दलेका विज्ञप्तिमार्फत जिम्मेवारी लिएका छन ।

ओली सरकारले पूर्वन्यायाधीश गोविन्द पराजुलीको संयोजकत्वमा छानविन समिति गठन गरेपछि दोषीलाई उम्काउन छानविन समिति बनाएको आरोप लाग्दै आएको छ ।

संयोजक संकल्पले वाइड बडी जहाज खरिद प्रकरणमा मुछिएकाहरूलाई चोख्याउन ओली सरकारले छानविन समिति बनाएको जनाएका छन ।

निगमका महानिर्देशक कंसाकारलाई भ्रष्टाचार अभियोगमा कालोमोसो दलिएको संकल्पले जिम्मेवारी लिएका छन ।

सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदनले चार अर्व पैतीस करोडभन्दा धेरै भ्रष्टाचारको तथ्य बाहिर ल्याएको भन्दै लिगका संयोजक संकल्पले दोषीलाई आफूहरूले नछाडने चेतावनी दिए ।

Published : Friday, 2019 January 4, 11:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया