दार्चुला जिल्लामा ४ रेक्टर स्केलको भूकम्प
प्रकाश चन्द्र भट्ट
दार्चुला । दार्चुला जिल्लामा शनिबार राति १० बजेर १ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको छ ।
सदरमुकामदेखि २९ किलोमिटर टाढा भारतको उत्तराखण्ड केन्द्र विन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी दीपक बस्नेतका अनुसार शनिबार राति आएको भूकम्पको धक्काबाट सर्वसाधारण तर्सिएका थिए ।
भूकम्पको धक्काबाट भौतिक तथा मानवीय क्षति भएको छैन ।
भूकम्पीय दृष्टिकोणले जोखीमयुक्त मानिएको दार्चुला जिल्ला आसपासको क्षेत्रमा समय समयमा भूकम्प जाने गरेको छ ।
Published : Sunday, 2019 January 6, 6:53 am
यसमा तपाइको मत