अर्बेनेश बचत तथा सहकारीको साधारण सभा सम्पन्न

काठमाडौं । अर्वेनेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभाले अध्यक्ष एवं कोषाध्यक्षको प्रतिवेदन पारित गर्दै सहकार्य नै सहकारीको उद्धेश्य भएको र आर्थिक विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने निष्कर्ष निकालेको छ ।

अर्बेनेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम कँडेल, कोषाध्यक्ष सरस्वती शर्मा र लेखा समितिका संयोजक धु्रबहरि ज्ञवालीले पेश गरिएको प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

साधारणमा वरिष्ठ पत्रकार एवं सहकारीका सल्लाहकार टंक पन्त, सल्लाहकार मानबहादुर अर्याल, डा.केशवराज कंडेल, सामुदायिक बिद्धवत महासंघका नारायण ज्ञवाली, लायन्स क्लब रेसुङ्गाकी पूर्वअध्यक्ष यमुना भण्डारी, संचालक कृष्ण गैरे, सचिव विष्णुप्रसाद अर्याल, डा.लक्ष्मी पौडेल, भेषराज कँडेल, लायन्स क्लब अफ लर्डबुद्धका अध्यक्ष विष्णुप्रसाद भण्डारी लगायतले अर्बेनेश सहकारी र त्यसले आर्थिक विकासमा गरेको योगदान बारे उल्लेख गरेका थिए ।

वक्ताहरुले गाउँ र टोलमा स्थापित सहकारीले ग्रामीण तहमा लगानी गर्न सहज भएको र आवश्यक पर्दा सहयोग लिन पनि सहज भएको बताए । उनीहरुले खराब ऋण उठाउन पनि त्यत्तिकै लाग्नुपर्ने र आगामी दिनमा ऋण लगानी गर्दा सचेत हुनुपर्ने कुरा बताएका छन् ।

सहकारी विज्ञहरुले कतिपय सहकारीले गर्ने बेइमानीका कारण राम्रो गर्नेलाई पनि असर परेकोले गलत गर्नेलाई बिना मुलाहिजा कारबाही गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
साधारणसभामा सात जना नयाँ सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।

Published : Sunday, 2019 January 6, 2:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया