कांग्रेसको प्रश्नसँग डराए ओली, उठाए महराले अप्रिय कदम

काठमाडौं । नेपाली कांग्रेसले कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीलाई प्रश्न सोध्न पाउनुपर्छ भनेर माग गरेपछि स्थगित भएको संसद बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

सभामुख कृष्णबहादुर महराले कांग्रेसविरुद्ध विभेद गर्दै आइतबारको संसद बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि प्रश्न सोध्न दिएका थिएनन् । सभामुख महराको यो कार्यशैलीको नेपाली कांग्रेसले विरोध गरेको छ ।

कांग्रेसले प्रधानमन्त्री ओलीसँग प्रश्न सोध्ने भन्दै पहिला नै पाँच जनाको नाम टिपाएको थियो । तर, सभामुख महरालाले आलीको बचाउमा कांग्रेसलाई प्रश्न सोध्न दिएनन् ।
प्रश्न सोध्न नदिएपछि कांग्रेसका सांसदहरु आआफ्नो सिटमा उभिएर प्रश्न सोध्न पाउनुपर्ने माग गरेका थिए ।

सभामुख महराले कांग्रेसलाई पेलेरै सदन चलाएपछि कांग्रेसका सांसदहरु रोष्टम अगाडि पुगेर सभामुखको कार्यशैलीको आलोचना गर्दै नारावाजी गरेका थिए ।

कांग्रेसले चर्को नारावाजी गरेपछि सभामुखले संसदको बैठक १५ मिनटका लागि स्थगित गरेका थिए ।

बैठक स्थगित भएपछि संसद चलाउनेबारेमा सामान्य कुराकानी भएको थियो । तर, कांग्रेसले आफ्नो अडानबाट पछाडि नहट्ने संकेत नगरेपछि सभामुख महराले संसदको आइतबारको बैठक बुधबार दिउँसो एक बजेसम्मका लागि स्थगित गरिदिएका छन् ।

सभामुख महराले निस्पष्ट भएर संसद चलाउन नसकेको भन्दै नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले आपत्ति जनाएका छन् ।

थापाले सभामुख महरा सत्तारुढ दलको मात्रै सभामुख जस्तो गरेर कांग्रेसलाई व्यवहार देखाएको आरोप लगाए ।

सभामुख महराले नेपाली कांग्रेसलाई संसदमा कठोर व्यवहार गर्दै आएका छन् । उनको कार्यशैलीबाट कांग्रेसका सासदहरु दिक्क छन् । महराले सरकार र सत्तारुढ दललाई फाइदा पुग्ने गरेर मात्रै काम गर्दै आएको आरोप छ ।

Published : Sunday, 2019 January 6, 4:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया