रवि लामिछानेको चरित्र हत्या गर्ने पूर्वपत्नीका यी हुन गोप्य प्रेमी

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेकी पूर्वपत्नी ईशा श्रेष्ठ (लामिछाने) अर्कै युवकसँग प्रेमसम्बन्धमा रहेको खुलासा भएको छ ।

पति रवि लामिछाने हुँदा हुँदै आफनै घरमा परपुरुषलाई ल्याएर सम्बन्ध राखेको खुलासा भएको छ । रविकी पूर्वपत्नी ईशा श्रेष्ठ (लामिछाने)ले चरित्र हत्या हुने गरेर सामाजिक सञ्जाल र अनलाइनहरूमा अन्तर्वार्ता दिन थालेपछि रविले परपुरुषसँग गरिएका कुराकानीको च्याट र सँग खिचाएको तस्वीर लिक गरिदिएका छन ।

‘ईज्जत लिलाम गर्ने मनशाय नहुँदा नहुँदै पनि अप्रिय र अपाच्य सामाग्रीहरू सार्वजनिक गर्न बाध्य भए’, रविले फेसबुकमा स्टाटस लेखेर भनेका छन, ‘हिलो छ्यापा–छ्याप गर्ने मनशाय मेरो अझै पनि थिएन । मैलेपनि बारम्बार श्रीमतीका प्रेमीहरू गनेर बस्न चाहिन ।’

‘अर्का विदेशी महानुभावलाई घरमै बोलाएर हात जोडेर मेरी श्रीमतीलाई छोडिदेउ भनेर छोरीहरूकै अगाडि बिन्ती बिसाएको कुरा छोरीहरूले धर्म नछोडि सम्झिउन’, रविले भनेका छन, ‘सबै कुरा पुराना हुन । यो तस्बिर पनि पुरानै हो । रिन्यू गर्ने मन छैन । तर आफैलाई घृणा गर्नुपर्ने उनको कथा जस्तो मेरो अतीत कदापि थिएन, छैन र हुँदैन पनि ।’

‘सानो उदाहरण नराखे, मलाई थोरै भएपनि विश्वास गर्नेहरूको शिर झुक्छ । बाँकी हेर्न चाहनेहरूले मलाई व्यक्तिगत रुपमा भेट्नुहोला । उनको कथा उनले भने जस्तै मात्र भए २ झापड हानेर फोटो पनि खिच्नु होला’, रविले फेसबुकमा लेखेका छन, ‘म आज स्तरहीन मान्छे हुन बाध्य भए । योभन्दा तल अब म जान चाहन्न ।’

अनलाइन खबरमा रविकी पूर्वपत्नी ईशा श्रेष्ठ (लामिछाने)ले आइतबार विभिन्न लाञ्छनाहरू लगाएपछि रविले बाध्य भएर आफनो अतीतलाई खोतलेका हुन ।

ईशा श्रेष्ठ (लामिछाने) स्वयंले पनि रविले आफनो र छोरीहरूको लालनपालनमा कुनै कसर नराखेको स्वीकार गरेकी छिन । रविले छोरीहरूलाई असाध्यै माया गर्दा रहेछन । स्वयं ईशा श्रेष्ठ (लामिछाने)ले भनेकी छिन ।

न्युज २४ मा सिधा कुरा जनतासँग चलाउँदै आएका सञ्चारकर्मी रवि लामिछानेका विरोधहरू धेरै छन । विरोधीहरूमा पनि धेरै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी, तस्कर, फटाहा र अपराधीहरू छन ।

रविका विरोधमा आउने सानो कुरालाई समेत उनीहरूले ठूलो बनाएर हँगामा मच्चाउने गर्छन ।

Published : Sunday, 2019 January 6, 9:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया