कम्युनिस्ट भनेका झठ हुन, ओलीको अभिव्यक्तिले पुष्टि गर्यो
काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवा र शीर्ष नेताहरूले कम्युनिस्टहरू भनेका झुठ हुन भन्दै आएका थिए । कम्युनिस्टहरूले कांग्रेसको यो आरोपको खण्डन गर्दै आएका थिए ।
तर, आइतबारको संसदमा प्रधानमन्त्री समेत रहेका यो मुलुकको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको अध्यक्षले अधिकांश तथ्याङक झुटो प्रस्तुत गरेका छन । ओलीले संसदमा पेस गरेको झुठो तथ्याङले जगत हाँसेको छ ।
कम्युनिस्टहरू भनेका ढोँगी र झुठा हुन भन्ने कुराको पुष्टि ओलीले आइतबार गरेको नेपाली कांग्रेसका युवा गगन थापाले पनि बताएका छन ।
ओलीले अधिकांश झुटो तथ्यांक प्रस्तुत गरेका छन् । उनले कतिपय तथ्यलाई तोडमोड गरेका छन ।
सम्बोधनका क्रममा अधिकांश समय आर्थिक सूचकांकमा केन्द्रित रही तथ्यांकसहित प्रस्तुत भएका प्रधानमन्त्रीले अर्थतन्त्रका मूलभूत सूचकांकमा भने गलत सन्देश प्रवाह गरेका छन ।
ओलीले प्रस्तुत गरेको तथ्यांकमा मूल्यवृद्धि, शोधनान्तर स्थिति, विकास खर्च, पर्यटक आगमन, यातायात सिन्डिकेट हटेको दाबी स्वयं सरकारी संयन्त्रको तथ्यांकसँग मेल खाँदैन ।
अर्थमन्त्री डा. युवराज खतिवडाले १६ चैत ०७४ मा जारी गरेको श्वेतपत्रसँग प्रधानमन्त्रीको भाषणलाई तुलना गर्ने हो भने अझ विरोधाभाष देखिएको छ ।
गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा यस आर्थिक वर्षको राजस्व संकलनमा ३२ प्रतिशत वृद्धि भएको ओलीको दाबी छ ।
तर, महालेखानियन्त्रक कार्यालयको तथ्यांकअनुसार शनिबारसम्म कुल ४ खर्ब ५१ अर्ब ३५ करोड रुपैयाँ राजस्व उठेको छ । यो रकम कुल लक्ष्यको ४७.७३ प्रतिशत असुली हो ।
प्रधानमन्त्री ओलीले भनेजस्तै गत वर्षको तुलनामा राजस्व संकलन वृद्धि भए पनि अर्थ मन्त्रालय स्रोतका अनुसार चालू आवको लक्ष्यअनुसार भने राजस्व संकलन पुग्न सकेको छैन ।
खासगरी मंसिरमा भन्सारबाट कम राजस्व उठ्दा लक्ष्य पूरा भएको छैन ।
ओलीले चालू आर्थिक वर्षको पाँच महिनामा पुँजीगत खर्चको वृद्धिदर २५.३३ प्रतिशत रहेको छ । सरकारी खर्च ३४ प्रतिशतबाट १४ प्रतिशतमा झरेको छ ।
महालेखानियन्त्रक कार्यालयका अनुसार शनिबारसम्म पुँजीगत खर्च केवल १५.४३ प्रतिशत भएको छ । आर्थिक वर्षको आधा समय धर्किसक्दा केवल १५ दशमलव ४३ प्रतिशत मात्र भएको पुँजीगत खर्चलाई प्रधानमन्त्रीले ठूलो सुधार मानेका छन ।
उनले अघिल्लो वर्षमा भएको पुँजीगत खर्चलाई यस वर्षको खर्चसँग तुलना गर्न खोजेको हो भने पनि तथ्यांक मिल्दैन । गत आवमा २३ पुस ०७४ सम्म ४३ अर्ब ३४ करोड ७१ लाख पुँजीगत खर्च भएको थियो ।
२१ पुस ०७५ सम्म ४८ अर्ब ४५ करोड ५२ लाख रुपैयाँ पुँजीगत खर्च भएको छ । यो केवल ११ दशमलव ७८ प्रतिशतले मात्रै बढी नयाँ पत्रिका दैनिकले जनाएको छ ।
प्रधानमन्त्रीले सरकारी खर्च ३४ प्रतिशतबाट १४ प्रतिशतमा झरेको दाबी गरेका छन् । तर, त्यो के भनेको हो ? स्पष्ट छैन । सरकारले चालू आर्थिक वर्षमा गरेको चालू, पुँजीगत र वित्तीय व्यवस्थाको खर्च अघिल्लो आवको तुलनामा ८ दशमलव ८८ प्रतिशत कम देखिन्छ । तर, सरकारी खर्च ३४ प्रतिशतबाट १४ प्रतिशतमा घटेको अचम्मको तथ्यांक प्रधानमन्त्रीले प्रस्तुत गरेका छन ।
प्रधानमन्त्री ओलीले गत आर्थिक वर्षको यसै अवधिको १२ प्रतिशतको तुलनामा उद्योग–व्यवसायसँग सम्बन्धित कम्पनी दर्ता २५ प्रतिशतले वृद्धि भएको छ ।
उद्योग विभागको तथ्यांक स् सरकारले कम्पनी दर्तालाई उपलब्धि मानेको छ । तर, लगानी कति कम्पनी दर्ता भए भन्ने आधारमा होइन, कति रकम लगाउने प्रतिबद्धता गरे भन्ने आधारमा हुन्छ ।
गत आर्थिक वर्ष र यस आवको मंसिर मसान्तसम्मको तथ्यांकलाई आधार मान्ने हो भने विदेशी लगानीको प्रतिबद्धता करिब ४४ प्रतिशतले घटेको छ ।
गत आवको मंसिर मसान्तसम्म १३ अर्ब १३ करोड ९६ लाख विदेशी लगानीको प्रतिबद्धता आएको थियो । तर, चालू आवको सोही अवधिमा जम्मा ७ अर्ब ४२ करोड ५८ लाख रुपैयाँबराबरको मात्रै प्रतिबद्धता आएको छ ।
ओलीले निर्याततर्फ यस अवधिमा नेपालको कुल निकासी १२.३ प्रतिशतले वृद्धि भएको छ । भारततर्फको निकासीमा २०.५ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि सन् २००६–०७ यताको सबैभन्दा उच्च हो ।
संयुक्त राज्य अमेरिकातर्फको निर्यातमा २६.६ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि सन् २०१४–१५ यताको सबैभन्दा उच्च वृद्धि हो । जर्मनीतर्फको निकासीमा ८.७ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि सन् २०१४–१५ यताको सबैभन्दा उच्च वृद्धि हो ।
सरकारी तथ्यांक निर्यात सामान्य रूपमा बढेको कुरालाई प्रधानमन्त्रीले बढाइचढाइ प्रस्तुत गरेका छन । तर, आयाततर्फको भयावह तथ्यांक भने लुकाएका छन । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको चालू आवको पहिलो ५ महिनाको तथ्यांकअनुसार निकासी १२.३ प्रतिशतले बढेको सत्य हो ।
तर, सोही अवधिमा आयात ३३.८ प्रतिशतले बढेको छ । कुल वैदेशिक व्यापारमा निर्यात र आयात प्रतिशत क्रमशः ५.८ र ९४.२ छ । ५ महिनामा ३७ अर्ब ५० करोड रुपैयाँ स्वदेश भित्रिएको उल्लेख गरिरहँदा ६ खर्ब ७ अर्ब बाहिरिएको तथ्य भने प्रधानमन्त्रीले बाहिर ल्याउन चाहेनन ।
यस तथ्यांकअनुसार अघिल्लो आवको सोही अवधिको तुलनामा निकासी–पैठारी व्यापारको अनुपातमा पनि ठूलो अन्तर बसिसकेको छ । आव ०७४–७५ मा निकासी–पैठारी व्यापारको अनुपात १ः१३.६ रहेकोमा यस आवमा १ः१६.२ पुगिसकेको छ ।
ओलीले औद्योगिक वस्तु र निर्माण सामग्रीको आयातमा ४०.६ प्रतिशतले वृद्धि भएकाले शोधनान्तर बचतमा केही कमी आएको छ । तर, यो उत्पादन र विकासका दृष्टिमा सकारात्मक हो । गत आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिको तुलनामा समग्र व्यापार घाटा १.५ प्रतिशत अंकले मात्र बढी हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकले शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोड घाटामा छ । अघिल्लो आवको सोही अवधिमा शोधनान्तर स्थिति २ अर्ब ४० करोड बचतमा थियो । तर, प्रधानमन्त्री ओली भन्छन, ‘शोधनान्तर बचतमा केही कमी आएको छ ।’ जुन सफेद झुट हो ।
व्यापारघाटाको तथ्यांक प्रस्तुत गर्दा पनि प्रधानमन्त्रीले झुट बोलेका छन् । उनले गत वर्षको तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा १ दशमलव ५ प्रतिशत मात्रै व्यापारघाटा बढेको उल्लेख गरेका छन ।
यस वर्ष ५ महिनाको तथ्यांक आइसकेको छ र सो अवधिमा व्यापारघाटा साढे ३५ प्रतिशतले बढेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ । व्यापारघाटाको यो अवस्था अत्यन्तै डरलाग्दो हो ।
ओलीले अघिल्लो आर्थिक वर्षको पहिलो ४ महिनाको अवधिको तुलनामा यस आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४१.२ प्रतिशतले घटेको भनेका छन । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटे पनि वित्तीय अनुशासनको प्रभावकारिताका कारण विप्रेषण आयमा भने ३६ प्रतिशतले वृद्धि भएको छ ।
यसमा तपाइको मत