कांग्रेसको अडानले ओली–महराको ढुकढुकी बढ्यो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद दिलेन्द्रप्रसाद बडुले कम्युनस्ट सरकार सञ्चालनमा निरंकुश, स्वेच्छाचारी र अधिनायकवादको लक्षण देखिएको बताएका छन् ।

काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा बडूले संविधानले शक्ति पृथकीकरणको सिद्धान्तलाई अंगिकार गरेको भएपनि कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीबाट आक्रमण भैरहेको बताए ।

उनले संसद सरकारलाई उत्तरदायी बनाउने संस्था भएपनि सांसदहरूलाई प्रश्न गर्न नदिइएको आरोप लगाए ।

कम्युनिस्ट सरकारमा जवाफदेही नभएको उनको भनाइ छ । ‘सरकार संसदप्रति जवाफदेही हुनुपर्छ’, कांग्रेसका नेता बडूले भने, यो सरकार दुई तिहाईको हो । तर, दुई तिहाई भन्दैमा संविधानको बर्खिलापमा गएर काम गर्न हुँदैन ।’

उनले अहिलेको कम्युनिस्ट सरकारले संविधानको बर्खिलापमा गएर काम गरिरहेको बताए ।

कांग्रेसका नेता बडूले आइतबार संसद जुन प्रक्रियामा पुगेर स्थगित भएको हो बुधबार बस्ने बैठक त्यही प्रक्रियाबाट अघि बढ्नुपर्ने बताएका छन् ।

कांग्रेसका नेता बडूको यो अभिव्यक्तिले सभामुख कृष्णबहादुर महरा र खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई तनाव बढाइदिएको छ ।

‘२५ गतेको बैठकमा प्रधानमन्त्री तयार भएर जवाफ दिन आउनुपर्छ’, उनले भने, ‘हाम्रो स्ट्याण्ड कायमै छ । सार्वभौम अधिकार सम्पन्न संसदको अधिकारमाथि सरकारले प्रहार गरेको छ ।’

Published : Tuesday, 2019 January 8, 12:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया