कांग्रेसले अब कम्युनिस्ट सरकारलाई संसदमा र्‍याखर्‍याख बनाउने

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रधानमन्त्री र मन्त्रीहरुले बोल्दा प्रश्न गर्न पाउनुपर्ने अडान लिएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बसेको कांग्रेसको संसदीय दलको बैठकले संसदमा प्रधानमन्त्री र मन्त्रीले बोल्दा हरेक पटक प्रश्नउत्तर गर्न पाउनुपर्ने निर्णय गरेको हो ।

आइतबार संसदमा प्रधानमन्त्री केपी ओलीले संसदमा सम्बोधन गरेपछि सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदलाई प्रश्न गर्न नदिएको विषयमा पनि छलफल भएको थियो ।

कांग्रेसले प्रधानमन्त्री वा मन्त्रीले बोल्दा प्रश्न उत्तरको कार्यक्रम अनिवार्य राख्नुपर्ने परम्परा स्थापित गराउन दबाब दिने निर्णय गरेको सांसद गगन थापाले जानकारी दिए ।

‘अब उप्रान्त मन्त्री र प्रधानमन्त्री आउँछ भने कुनै हालतमा पनि प्रश्न उत्तर नगरिकन जान्छु भनेर कल्पना नगरे हुन्छ’, थापाले भने, ‘सभामुखले संसदमा रुलिङ गर्दै अबदेखि यस्तो हुन्छ भन्नुभयो भने समस्या समाधान भइहाल्छ ।’

कांग्रेसले बुधबार बस्ने प्रतिनिधि सभा बैठक आइतबार स्थगित भएकै बिन्दुबाट सुरु हुनुपर्ने अडान राखेको छ ।

संसदको बैठकमा अबदेखि कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले आफू प्रतिनिधि सभाका हरेक बैठकमा उपस्थित हुने जनाएका छन् ।

कम्युनिस्टहरुले पेल्न थालेपछि देउवाले आफै उपस्थित भएर प्रमुख विपक्षी दलको भूमिका रचनात्मक निभाउन बताएका हुन् ।

Published : Tuesday, 2019 January 8, 6:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया