कांग्रेसले कम्युनिस्ट सरकारका मन्त्रीहरुको रेकर्ड राख्ने

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको वर्तमान सरकारले काम गर्न नसकेको भनेर आरोप लगाउँदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले सभापति शेरबहादुर देउवाको नेतृत्वमा छायाँ सरकार बनाउने निर्णय गरेको हो ।

कांग्रेसले यसअघि नै छायाँ सरकार बनाउने निर्णय गरे पनि कार्यान्वयन गर्न ढिलाइ भएको थियो । सोही निर्णयलाई कांग्रेसले कार्यान्वयन गर्ने तयारी गरेका हुन् ।

सरकार गठन भएको १० महिनापछि नेपाली कांग्रेसले छायाँ सरकार गठनको तयारी थालेको हो ।

प्रमुख प्रतिपक्षीको कांग्रेसले ओली नेतृत्वमा सरकार बने लगत्तै छायाँ सरकार गठन गर्ने घोषणा गरेको थियो ।

सरकारको कामकारबाहीको निगरानी गर्न संसदीय दलको विधानमै छायाँ सरकारको व्यवस्था गरेको छ ।

कांग्रेसले भने सरकार गठन भएको १० महिनापछि मात्रै छायाँ सरकारका बनाउने तयारी गरेको छ ।

छायाँ सरकार बनेपछि छायाँ मन्त्रीले आफूले पाएको मन्त्रालयको काम कारबाहीको निगरानी गर्नुपर्नेछ ।

आफूले गरेको निगरानीकै आधारमा संसदमा सम्बन्धित मन्त्रीलाई प्रश्न गर्नेछन् ।

Published : Tuesday, 2019 January 8, 6:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया