ओलीको खोक्रो राष्ट्रवाद भताभुङ्ग भयोः चन्द्र भण्डारी

गुल्मी । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले प्रधानमन्त्री खड्गप्रसाद ओलीले भष्ट्राचारीहरूलाई संरक्षण गरेर खोक्रो राष्ट्रवादको रटान लगाएको टिप्पणी गरेका छन् ।

गृहजिल्ला गुल्मीको छत्रकोट गाउँपालिका वडा नं. १ हुँगास्थित झेर्दी निम्न माध्यमक विद्यालयको स्वर्ण महोत्सवको मंगलबार उद्घाटन गर्दै भण्डारीले कम्युनिस्ट सरकारले भ्रष्टाचारको अन्त्य गर्ने हो भने वाइड बडी प्रकरणमा जोडिएका भ्रष्टाचारीहरूलाई कारबाही गर्नुपर्ने चुनौती दिए । उनले प्रधानमन्त्री ओलीलाई भ्रष्टचारीलाई कारबाही गरेर जेलमा थुन्न चुनौती दिए ।

‘आफ्नो संस्कृति र समाज छाडेर होली वाइनतिर, जनताको हित छोडेर प्लेनको कमिसनतिर यो मुलुक जान थाल्यो भने देश पुनः अराजकतातिर जानसक्छ’, उनले भने ।

‘जहाज किन्दा कमिसन खानेहरूले पानीजहाज किन्दा, रेल किन्दा र औषधि किन्दा कति कमिसन खालान् ?’, उनले भने, ‘भ्रष्टहरूको कुनै रंग र पार्टी हुँदैन ।’

कांग्रेसका नेता भण्डारीले यस्ता व्यक्तिहरू जो कोही भएपनि बचाउ नगर्न सरकारलाई आग्रह गरेका छन् ।

भण्डारीले कुनै पनि नेतृत्वले विद्यालयहरूमा राजनीति गरेर दाई लगाउन नपाइने बताए ।

‘कुनै पनि अयोग्य शिक्षकलाई राजनीतिक रुपमा भर्ना गरिएको र अनावश्यक सुविधा प्रदान गरेको छ भने त्यस्ता व्यक्तिलाई कानूनी कठघरामा उभ्याउनु पर्छ’, उनले भने ।

Published : Tuesday, 2019 January 8, 10:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया