ओलीलाई व्याङ्ग्य गर्दै नेविसंघद्वारा रानीपोखरीमा फुटबल
काठमाडौं । नेपाल विद्यार्थी संघले रानीपोखरी पुनर्निर्माणमा सरकारले चासो नदिएको भन्दै ब्याङ्ग स्वरुप रानीपोखरीमा फुटबल खेलेको छ ।
तीन वर्षअघि गएको भूकम्पले क्षति पुगेको रानीपोखरी पुनर्निर्माण गर्न सरकारले आलटाल गरेको भन्दै रानीपोखरीमा नेविसंघले मंगलबार फुटवल खेलेको हो ।
‘विकासको सूचीमा रानीपोखरीलाई फुटवल मैदान बनाएको कुरा छुटेछ नि प्रधानमन्त्रीज्यू’ लेखिएको व्यानर बोकेर नेविसंघले ‘रानीपोखरी फुटवल कप २०७५’ व्यङ्ग्यात्मक विरोध गरेको छ ।
नेविसंघ केन्द्रीय समितिको आयोजनामा भएको फुटवलमा त्रिचन्द्र, शंकरदेव, रत्नराज्यलक्ष्मी, नेपाल कमर्स क्याम्पसलगायत उपत्यका भित्रका क्याम्पसका विद्यार्थी खेलाडी थिए ।
रानीपोखरी पुनर्निर्माणलाई दबाब दिन फुटवल आयोजना गरेको नेविसंघ उपाध्यक्ष डिल्लीराम सुवेदीले बताएका छन् ।
कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसदलाई संवोधन गर्दै विकास र समृद्धिको बाटोमा देश हिडेको बताएपछि नेविसंघका कार्यकर्ताले रानीपोखरीमा फुटवल खेलेर प्रधानमन्त्रीमाथि ब्यङ्ग गरेका थिए ।
यसमा तपाइको मत