डा.गोविन्द केसीलाई सरकारले धोका दियोः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले चिकित्सा शिक्षासम्बन्धी विधेयक फिर्ता लैजान प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन् ।
संसद भवन नयाँबानेश्वरमा बुधबार सम्वाददाताहरूसँग कुरा गर्दै थापाले चिकित्सा शिक्षा विधेयकमा डा.गोविन्द केसीसँग गरिएको सहमतिमा धोका भएको बताए ।
उनले सहमति गरेर त्यसलाई इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने बताए ।
‘डा.गोविन्द केसीलाई धोका भएको छ’, उनले भने, ‘सरकारले शिक्षा विधेयक सहमति विपरित आमजनताको खिलापमा निर्णय भएको छ ।’
संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकलाई बहुमतले पारित गर्दै सदनमा लैजाने तयारी भएकै बेला कांग्रेसका सांसद थापाले आपत्ति जनाएका हुन् ।
‘चिकित्सा शिक्षा विधेक व्यापारिक व्यक्तिहरूको प्रभावमा परेर सरकारले शक्तिको दुरुपयोग गरेर समितिबाट पारित गरेको छ’, कांग्रेसका नेता थापाले भने, ‘सरकारले शक्तिको दुरुपयोग गरेको छ । केही व्यापारीहरूको प्रभावमा सरकार परेको छ ।’
कांग्रेसका युवा नेता थापाले अझैपनि समय रहेको भन्दै शिक्षा विधेयक फिर्ता लिन प्रधामन्त्री ओलीसँग आग्रह गरेका छन् ।
यसमा तपाइको मत