यी हुन देश लुट्ने भ्रष्ट सहसचिव श्रेष्ठ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
अख्तियारले बुधबार सहसचिव श्रेष्ठविरुद्ध गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यातायात व्यवस्था विभागमा महानिर्देशन रहेका बेला श्रेष्ठले भ्रष्टाचार गरेको उजुरीका आधारमा अख्तियारले छानबिन भएको थियो । छानविनमा श्रेष्ठले एक करोड ३४ लाख ५ सय ७६ रुपियाँ गैरकानूनी आर्जन गरेको भन्दै मुद्दा दायर गरिएको विज्ञप्तिमा जनाइएको छ ।
०३८ सालमा सेवा प्रवेश गरेका सहसचिव श्रेष्ठले कुल २ करोड १० लाख ७७ हजार कमाइ गरेकोमा सहसचिव श्रेष्ठ र उनको परिवारको नाममा तीन करोड ४४ लाख ७७ हजार रुपियाँ सम्पत्ति देखिएको छ ।
श्रष्ठले एक करोड ३४ लाख रुपियाँ अवैध रूपमा कमाएको देखिएको अख्तियारले जनाएको छ ।
यसमा तपाइको मत